• १६ भदौ २०८१, आइतबार

युवालाई देशमै केही गर्नुपर्छ भन्ने भावना जागृत गराउन आवश्यक

blog

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ।

काठमाडौं, चैत २ गते । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयहरु खालि हुने र विद्यार्थी नपाउने अवस्था बन्दै गएको भन्द चिन्ता व्यक्त गर्नुभएको छ । शुक्रबारको सातौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को सिनेमा संवाद कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्ष ओलीले नेपाली युवाहरु अध्ययनको सिलसिलामा र कामका लागि बाहिर जोन प्रवृत्ति रहेको बताउनुभयो । उहाँले अध्ययनको सिलसिलामा बाहिर जानेको सङ्ख्या बढ्दो रहेको जानकारी दिनुभयो । उहाँले बाहिर अध्ययनका लागि जाने विद्यार्थीहरुमा पनि ठूलो सङ्ख्यामा पढेर फर्किने भन्दा उतै जीवन बिताउने मानसिकतामा विदेश पलायन भइरहेको बताउनु भयो ।

अध्यक्ष ओलीले युवा पुस्तालाई कुनैपनि देश पैसा भएर धनी हुने नभइ विकास निर्माणपछि मात्रै धनी हुन्छ भन्नेकुरा बुझाउन जरुरी रहेको बताउनु भयो । युवाहरुमा देशभित्रै बसेर केही गर्नुपर्छ भन्ने भावना र विश्वास दिलाउन सक्नुपर्ने बताउनु भयो ।

अध्यक्ष ओलीले सरकारको तर्फबाट पनि उद्यमशिलताको प्रवृत्ति जगाउने, उद्यमशिलताको विकास हुने, उद्यमशिलतामार्फत रोजगारीका अवसर सिर्जना गर्ने काममा लाग्नुपर्ने बताउनु भयो । उहाँले सरकारले आधारहीन ढङ्गबाट रोजगारीका अवसर सिर्जना गर्न सम्भव नरहेको जिकिर गर्नुभयो ।