• २६ माघ २०८२, सोमबार

परेवामा जासुसी क्यामरा

जासुसी गर्नका लागि परेवाको प्रयोग गरिँदै आएको छ । परापूर्व कालमा मानिसले चिठीपत्र आदानप्रदान गर्न परेवाको खुट्टामा पत्र बाँधिदिन्थे र परेवालाई हुलाकीका

लमी बन्न थाल्यो एआई

अहिले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग सर्वव्यापी बनिरहेको छ । हुँदा हुँदा एआईले युवकयुवतीलाई जीवनसाथी खोजिदिने काम पनि गर्न थालेको छ । एक जना २३ वर्षीय रुसी युवकले एआईको सहयोगमा जीवनसाथी फेला पारेका छन् । पेसाले सफ्टवेयर डेभलपर रहेका अलेक्जेन्डर झाडाले अनलाइन डेटिङमा सहयोग गर्ने एआईको प्रयोग गरेरै आफ्ना लागि बेहुली खोजेका हुन् ।

खुसीको बाटो अप्टिमिस्टिक

साथीहरू तपाईंहरूलाई अप्टिमिस्टिकका बारेमा थाहा छ ? हामीले झट्ट नसुनेको शब्द हुन सक्छ तर यसबारे बुझ्न अति नै आवश्यक रहेछ । अप्टिमिस्टिकले हामीलाई जीवनको सकारात्मक पक्षसँग जोडेर खुसी हुन सिकाउने रहेछ । हामी जीवनमा पक्कै पनि धेरै राम्रो कुराको आशा गरिरहेका हुन्छौँ । यो अप्टिमिस्टिकले हामीलाई सधैँ आशावादी र आत्मवि

इन्जिनियर चराको कला

साथीहरू केही दिन अगाडि म बाबाको साथीको घर ललतिपुरको भैँसैपाटीमा केही रमाइलो कार्यक्रममा परिवारसँगै गएको थिएँ । खाना खाएपछि केही पर घुम्न जाने योजना भयो । जाँदा बाटोमा ठुलठुला रुखमा मैले धेरै राम्रो चराको गुड देखेँ । सँगै जोडिएर बन्दै गरेका कुनै बनिसकेका आकर्षक चराका गुँड हाम्रो घरतिर मैले कहिल्यै देखेको थिइनँ । यसबारे जान्न मन लागेर बाबासँग धेरै कुरा सोधेँ । हातले बनाएर टासेको जस्तै देखिने गुँड अर्थात् चराको घर बाटोमा हिँडदा पनि बाटोमा अडिएर हेरिरहुँ जस्तो लाग्यो । त्यसबा

हाम्रो असल बानी

हामी साना सानाबाबुनानी हुनु पर्छ ज्ञानी, माता हुन् भगवान्, ममताकी खानी बुवाको हौँ हामी संसार भन्ने कुरा जानी ।

शीर्षक के हो ?

रमा आफ्नो किताब झोलाभित्र मिलाएर राख्दै छिन् । भोलिदेखि विद्यालयमा पढाइ हुने भएकाले रमा ज्यादै खुसी देखिएकी हुन् । रमा दगुर्दै भान्साकोठामा आएर सोध्न थालिन् “आमा, बाबा खोइ त ? कहाँ जानु भयो ?” “किन के भयो र तिमीलाई ? बाबा त तिम्रो विद्यालयमा बैठक छ भनेर बिहानै जानु भएको छ नि ।” “आज रमा पढ्ने विद्यालयमा विद्यालय व्यवस्थापन समितिको बैठक भएकाले र

अपरिहार्य स्काउट शिक्षा

आजभोलि स्कुल तथा मठमन्दिरमा हरियो ड्रेसमा बालबालिका देखिन्छन् । हरियो ड्रेसमा सजिएका बालबालिका लाइन मिलाउनेदेखि हातमा झाडु बोकेर सरसफाइ गरेको देखिन्छ । झट्ट हेर्दा कतिपयले यी बालबालिका को हुन् भन्ने थाहा नहुन सक्छ तर ती बालबालिका हुन् स्काउट विद्यार्थी । सबै विद्यार्थीमा यसो गरिएको पाइँदैन् । स्काउट भन्नेबित्तिकै कतिपयले मन्दिरको भिडभाडमा लाइन मिलाउने भनेर मात्र बुझ्छन् तर स्काउट त्यतिमै मात्र सीमित छैन । कोही समस्यामा छन् र असहज स्थि

समय (कविता)

समयको महत्व हामी सबले बुझौँ समयम पाठ गरौँ समयमैं खेलौँ समयम उठौँ हामी समयम सुतौँ समयमै खाजा खाऔँ, समयमै खाना

नेपालका सम्पदा

विश्व सम्पदाको संरक्षण तथा संवर्धनका लागि नयाँ पुस्तालाई जागरुक बनाउन हरेक वर्ष विश्वभर सम्पदा दिवस मनाइन्छ । नेपालको धेरै ठाउँ विश्व सम्पदा सूचीमा सूचीकृत छन् । ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदाले गर्दा नेपालको विश्वमा छुट्टै पहिचान छ । ऐतिहासिक सम्पदाको कुरा गर्दा नेपालमा धेरै पुराना दरबार छन् । जस्तै पाल्पाको रानीमहल, गोरखाको दरबार, वसन्तपुर, पाटन, भक्तपुरका मल्लदेखि शाह समयका दरबार आदि । त्यसैगरी राणाकालमा बनेका युरोपेली शैलीका दरबारहरू जस्तै सिंहदरबार, शीतल निवास, सेतोदरबार, लालदरबार जस्ता इतिहास बोकेका प्रशस्तै

विद्यार्थी जीवनमा अनुशासन

ज्ञान प्राप्त गर्न विद्यालय वा शैक्षिक संस्था जाने व्यक्तिलाई विद्यार्थी भनिन्छ भने उसले ज्ञान सिक्न लागेको समयसीमालाई विद्यार्थी जीवन भनेर बुझ्न सकिन्छ । यसै गरी नियम र मर्यादामा रहेर अगाडि बढ्नु अनुशासन हो । जीवनमा अनुशासनले खेल्ने भूमिकालाई महत्वका रूपमा लिन सकिन्छ । जुन व्यक्तिले आफ्नो जीवनमा मानवीय व्यावहारिक नियम तथा मर्यादालाई पालना गरेर अगाडि बढ्छ उसले सफलता हासिल गर्छ । जीवनमा सफलताका लागि अनुशासनको पालना गर्नु अत्यावश्यक हुन्छ । त्यसैले जीवन र अनुशासनका बिच घनिष्ट सम्बन्ध कायम गर्न सकेमा मात्र विद्यार्थीको भविष्य सफल र पूर्ण बन्न सक्छ ।

विद्यार्थीको आकर्षण बढ्दै

प्रविधिको प्रयोग सहरमा मात्र नभएर दुर्गमका विद्यालयमा पनि बढ्दै गएको छ । जसका कारण विद्यार्थीले यो विधिबाट हुने पठनपाठनप्रति पनि रुचि राख्न थाल्नुभएको छ । दुर्गमका विद्यार्थी प्रविधिबाट हुने पठनपाठन कार्यप्रति आकर्षण बढिरहेको पाइएको छ । प्रविधिबाट शिक्षण हुँदा विषयवस्तुका साथै सान्दर्भिक श्रव्यदृश्य पनि शिक्षकले देखाउने भएका कारण विद्यार्थीको आकर्षण बढेको हो ।

श्रीकृतको नयाँ किताब

श्रीकृतको अगाडि नयाँ किताब र कापीहरू छन् । ती किताब र कापीमा उनी गाता राख्दै छन् । उनको मुख हँसिलो देखिन्छ । नजिकै नयाँ स्कुलको ब्याग पनि रहेको छ । नेपथ्यबाट बजिरहेको बालगीतले गर्दा उनको मुख झन् हँसिलो र जोसिलो बनेको झल्को मिल्छ । विस्तारै बालगीतको आवाज सानो हुन्छ ।

विद्यार्थीको सपना

हामी विद्यार्थी पढ्नु पर्छ, ठुलो मान्छे बन्नु पर्छ । विद्यार्थी भएर शिक्षकको महत्व बुझ्नु पर्छ । ठुलालाई आदर गरी सानालाई माया सत्य बोली सफा सुग्घर आफ्नो दायाँबायाँ ।

अरू जस्तो होइन आफैँ जस्तो बन्नु पर्छ

साथीहरु साहित्यमा हामी सबैलाई रूचि छ । केही न केही लेखिरहन्छौँ । हामीले साहित्यिक लेखनको आरम्भ गर्ने भनेकै अग्रजहरुले देखाउनुभएको बाटोलाई पछ्याउने हो । अग्रज साहित्यकारहरुले धेरै कुरा हामीजस्तै बालबालिकाका लागि लेखिदिएर हामीलाई सहज बनाइदिनुभएको छ । वैशाख महिनाको स्रष्टा संवादका लागि मैले उनै अग्रज साहित्यकार डा. देवी नेपालसँगको रमाइलो कुराकानी साथीहरुका लागि प्रस्तुत गर्दै छु । विसं २०३० मा झापामा जन्मनुभएका प्राध्यापक डाक्टर देवी ने

बुद्धिमानी नानी

“नाइ ममी म पनि जाने ।” अनिता अटेर गर्दैछिन् । ‘बजारमा धेरै भिड हुन्छ छोरी हराइन्छ, अटेर नगर न बरु म फर्कंदा मेरी प्यारी छोरीलाई मिठाई ल्याइदिन्छु ।’ सुनिता आफ्नी छोरी अनितालाई सम्झाउन खोज्दै छिन् । आज हरेक शुक्रबार हाटबजार लागेको छ । त्यसैले अनिता आमासँग हाटबजार जान अटेर गर्दै छिन् । बजार धेरै भिड हुने भएकाले सुनितालाई छोरीलाई बजार लान खोजेकी छैनन् तर पनि छोरीको अटेर सामु उनको केही लागेन । अनितालाई बजार लान तयार पार्दै उनले भन्छिन्, “मेरो हात समाइराख्नु, यताउता आँखा नडुलाउनु यदि हरायो भने त्यहाँ कालो र ह