• १३ साउन २०८१, आइतबार

जानकारी बिना गठबन्धन भत्काएकामा नेकपा एसका नेता पाण्डेको असन्तुष्टि

blog

नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डे बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै । तस्बिर : केशब गुरुङ

काठमाडौं, फागुन ३० गते । नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेले संविधान र राजनीतिक व्यवस्थाको रक्षाका लागि विद्रोह गरेर जन्मिएको आफ्नो पार्टीलाई थाहै नदिई गठबन्धन भत्काइकामा असन्तुष्टि प्रकट गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको दलीय आधारमा जारी छलफलमा उहाँले सो कुरा बताउनुभएको हो ।

नेता पाण्डेले कामका लागि दैनिक सयौँ युवा बिदेसिनुपर्ने बाध्यता रहेको र प्रभावकारी रूपमा सार्वजनिक सेवा प्रवाह हुन नसकेको उल्लेख गर्दै बेरोजगारी बढ्दा जनतामा निराशा बढेकोबारे सरकारको ध्यानाकर्षण गराउनुभयो ।

संसदबाटै बनेको कानुनका कारण मुलुकभरका नर्सिङ र मेडिकल कलेज बन्द हुने अवस्थामा रहेको उल्लेख गर्नुहुँदै विद्यार्थी अध्ययनका लागि बिदेसिनू परेको बताउनुभयो । उहाँले जनताका कामका लागि बजेटमा सांसदको भूमिका बढाउन सरकारलाई सुझाव दिनुभयो । साथै उहाँले प्रधानमन्त्री दाहाललाई आफ्नो पार्टीले विश्वासको मत दिने जानकारी गराउनुभयो । रासस