• १३ साउन २०८१, आइतबार

बुढानीलकण्ठमा कांग्रेस पदाधिकारी र प्रदेशका मुख्यमन्त्रीबिच छलफल

blog

नेपाली कांग्रेसका प्रवक्ता डा. रामशरण महत ।

काठमाडौं, फागुन २९ गते। नेपाली कांग्रेसका पदाधिकारी, सात प्रदेशका पार्टी प्रमुख र मुख्यमन्त्रीबिच छलफल भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा उहाँहरूबिच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ। 

कांग्रेसका प्रवक्ता डा. रामशरण महतका अनुसार केन्द्रीय पदाधिकारी र प्रदेशका प्रतिनिधिबिच वर्तमान सरकारको यथार्थ वस्तुस्थितबारे छलफल भएको छ।

उहाँले भन्नुभयो, “सात प्रदेशका पार्टी प्रमुख र प्रतिनिधिलाई बोलाएको थियौँ। प्रदेशहरूमा के स्थिति छ भन्ने कुरामा छलफल केन्द्रित भयो। मूलतः उहाँहरूबाट यथार्थ जानकारी लिने, प्रदेश सरकार कहाँ छ, छैन, त्यहाँको स्थिति के हुन्छ र कसरी अगाडि बढ्न सकिन्छ भनेर सुझाव, सल्लाह लिनको लागि बैठक बोलाइएको हो।”

उहाँले कांग्रेसको प्रदेश सरकारमा के कति सम्भावना छ भनेर विश्लेषण भएको जानकारी दिनुभयो।