• १३ साउन २०८१, आइतबार

विद्यालयमा गाउँकै कोदो

blog

मार्तडी समाचारदाता

मार्तडी (बाजुरा), फागुन २६ गते । बडीमालिका नगरपालिकाका सामुदायिक विद्यालयले विद्यार्थीका लागि दिवा खाजाका रूपमा कोदोको परिकार खुवाउन थालेका छन् । स्थानीय उत्पादन कोदो, मकैलगायतका परिकार विद्यार्थीलाई खुवाउँदा स्थानीय उत्पादनको प्रवर्धन एवं बालबालिकाको स्वास्थ्यमा राम्रो गर्ने अपेक्षा गरिएको छ ।

बडीमालिकाका प्रमुख अमर खड्काका अनुसार नेपाल सरकारले दिवा खाजाका लागि दिँदै आएको बजेटले गाउँमै उत्पादित अन्न खपत गरिएको छ । सामुदायिक विद्यालयमा हप्ताको एक दिन कोदोको परिकार खुवाउने गरिएको छ । यसले स्थानीय उत्पादनको प्रवर्धनमा सहयोग पुग्ने छ । यस कार्यले रैथाने बालीको संरक्षण र बालबालिकालाई पौष्टिक आहारको व्यवस्थासमेत हुने विश्वास गरिएको छ । हाल २५ वटा सामुदायिक विद्यालयमा स्थानीय उत्पादनको खाजा खुवाइने गरिएको छ । 

प्रारम्भिक बालविकास कक्षादेखि कक्षा ६ सम्म अध्ययन गर्ने बालबालिकाले दिनको एक पटक दिउँसो खाजा सुविधा पाइरहेका छन् । बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखेर सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन नेपाल सरकारले दिवा खाजा अनिवार्य गरेको छ । कालिका आधारभूत विद्यालयका शिक्षक जङ्गबहादुर विकले दिवा खाजा कार्यव्रmम बालबालिकाका लागि आकर्षक भएको बताउनुभयो । दिवा खाजा कार्यव्रmमले गर्दा विद्यार्थीको अनुपस्थित दर घटेको बताइन्छ ।

बडीमालिका नगरपालिकाका २५ वटा सामुदायिक विद्यालयका दुई हजार ८५८ बालबालिकाले दिवा खाजा लिइरहेका छन् । कृषि प्राविधिक रमेश विकका अनुसार बडीमालिका नगरपालिकाले दुई लाख ७५ हजार रुपियाँको बजेट दिवा खाजाका लागि छुट्याएको छ ।