शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गोरखापत्र अनलाइन
काठमाडौँ, मङ्सिर २७ गते । नेकपा (एमाले)मा को ११ औं महाधिवेशनको उद्घाटन सत्र भक्तपुरको सल्लाघारीमा सुरु भएको छ । २७ देखि २९ गतेसम्म हुने महाधिवेशनको उद्घाटन सत्र भक्तपुरमा हुने भए पनि बन्द सत्र आइतबारदेखि प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो ।
तीन दिनसम्म चल्ने महाधिवेशनको पहिलो दिन आज तीन लाख मास उतार्ने तयारी गरेको एमालेको बन्द सत्रमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी रहने प्रमुख गौतमको भनाइ छ ।
महाधिवेशनले १५ सदस्यीय सचिवालयसहित २५१ सदस्यीय नयाँ कार्य समिति चयन गर्ने छ । आजको उद्घाटन सत्रमा प्रमुख राजनीतिक दलसहित १६ राजनीतिक दलको उपस्थिति रहने उहाँको भनाइ छ ।कार्यक्रमको उदघाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुने उहाँको भनाइ छ ।