• १६ भदौ २०८१, आइतबार

‘थ्री वाइ थ्री’ बास्केटबल शनिबारदेखि

blog

प्रतियोगिताबारे जानकारी दिँदै आयोजक ।

काठमाडौँ, फागुन २३ गते । नेपाल बास्केटबल सङ्घको आयोजनामा ‘थ्री वाइ थ्री’ बास्केटबल प्रतियोगिता हुने भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा शनिबारदेखि हुने प्रतियोगितामा ब्वाइज र गर्ल्स दुई विधा समावेश गरिएको छ ।

ली निङ नेपाल आधिकारिक पार्टनर रहेको प्रतियोगितामा ब्वाइजतर्फ ३२ र गर्ल्सतर्फ आठ टोलीको सहभागिता रहनेछ।  फागुन २८ गतेसम्म चल्ने प्रतियोगितामा बङ्गलादेश नेभी र बङ्गलादेश युनिभरसिटीको क्लबको समेत सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

प्रतियोगितामा ब्वाइजतर्फको विजेताले एक लाख र उपविजेताले ५० हजार रुपियाँ तथा गर्ल्सतर्फको विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपियाँ पाउनेछन् । दुवैतर्फ सर्वोकृष्ट खेलाडीलाई जनही १५ हजार रुपियाँ प्रदान गरिने छ । नेपाली टोलीले दुई विदेश खेलाडीलाई अनुबन्ध गर्न पाउने प्रावधान रहेको नेपाल बास्केटबल सङ्घले जनाएको छ ।