• १६ भदौ २०८१, आइतबार

बेपत्ता बालक खोज्न सेतीको बाँध खोलिने

blog

फडिन्द्र अधिकारी

लेखनाथ, फागुन २१ गते । शुक्रबारदेखि पोखराको सेती नदीमा बेपत्ता भएका बालकको खोजीका लागि सेती बाँध खोलिने भएको छ । शुक्रबार पोखरा–११, फूलबारी बस्ने १६ वर्षीय सुगम बास्तोला पोखरा–३ को नदीपुरमा रहेको सेती नदीको पुरानो पुलबाट हाम फाली बेपत्ता रहेको कास्की प्रहरीले जनाएको छ । 

नेपाल प्रहरीको उद्धार टोलीले घटनास्थलबाट तल झरी नदीमा खोजतलास गर्दासमेत बास्तोलालाई फेला पार्न सकेको छैन । सुगमको परिवारले नदीको बाँध खोली खोजतलास गरिदिन अनुरोध गरेकाले बुधबार बिहान १० देखि २ बजेसम्म बाँध खोलिने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिनुभयो । 

पोखरा–१६, दीपमा रहेको बाँध खोली पानीको बहाव बढेपछि खोजतलास गरिने जनाउँदै मानन्धरले नदी वरिपरि काम गर्ने तथा आवतजावत गर्नेहरूलाई सावधानी अपनाउन र सो समयमा नदी आसपास नजान आग्रह गर्नुभएको छ ।  

यस्तै, दुई दिनअनि पनि कास्की प्रहरीले सेती नदीमा बेपत्ता माछा मार्न जाँदा बेपत्तालाई खोज्न बाँध खोलेको थियो ।