• २५ वैशाख २०८१, मङ्गलबार

चुलाचुलीलाई बस्न योग्य बनाउँछौँ

blog

इलामको दक्षिणी क्षेत्रमा अवस्थित चुलाचुली गाउँपालिका साबिकका चुलाचुली र साकफारा दुई गाविस मिलाएर बनाइएको छ । जिल्लाको पश्चिम दक्षिणी क्षेत्रमा अवस्थित यस गाउँपालिकाको कुल क्षेत्रफल १०८.४६ वर्ग किलोमिटर छ । छ वटा वडामा विभाजन गरिएको गाउँपालिकाको पूर्वमा माई नगरपालिका, पश्चिममा मोरङ, उत्तरमा माङसेबुङ गाउँपालिका तथा दक्षिणमा झापा जोडिएको छ ।

पूर्वपश्चिम राजमार्गसँग पक्की सडकले जोडिएको यस गाउँपालिकामा पहाडी भूभागका अतिरिक्त केही समथर भूभाग पनि छ । दक्षिणको मैदानी भागमा उष्ण हावापानी र कृषियोग्य भूमि भएकाले पहाडी क्षेत्रबाट बसाइँसराइ गरी आएका मानिसको बाहुल्य छ । सामाजिक बनावटका आधारमा करिब ५५ जातजातिमध्ये ३० प्रतिशत राई र २५ प्रतिशत ब्राह्मण, क्षेत्री तथा बाँकी अन्य जातजाति बसोबास गर्दछन् । जिल्ला सदरमुकाम झापा भएर जानु पर्दछ । यहाँ नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङसँग पशुपतिनगरका समाचारदाता प्रेम अधिकारीले गर्नुभएको कुराकानी :

चुलाचुली गाउँपालिकाको समग्र अवस्था कस्तोे छ ? 

चुलाचुलीको अवस्था मध्यस्तरभन्दामाथि छ । हामीले निर्वाचनअघि गरेका घोषणा अनुसार नै काम गरिरहेका छौँ । विकास निर्माणका काम द्रुत गतिमा हुँदै छ । घोषणापत्रमा उल्लेख गरिएका ८५ प्रतिशत लक्ष्य पूरा भएको छ । 

तपाईंहरूको घोषणापत्र निकै महìवाकाङ्क्षी थियो । के ती सबै काम गर्न सक्नुभएको छ त ?

अवश्य भएका छन् । मैले त्यही घोषणापत्र अनुसार नै काम गर्ने हो । साकफाराका नागरिकले सामाजिक सुरक्षा भत्ताको आठ हजार रुपियाँ लिन बैङ्कसम्म आउँदा चार हजार रुपियाँ खर्च हुने अवस्था थियो । त्यसैले हामीले घोषणापत्रमा भनेका थियौँ कि ज्येष्ठ नागरिकलाई घर घरमा नै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँछौँ । सोही अनुसार हामीले घर घरमा सुरक्षा भत्ता पु¥याइदिने व्यवस्था गरेका छौँ । अपाङ्गता भएका र अशक्तलाई त झन् खोजी खोजी घर घरमै गएर सामाजिक सुरक्षा भत्ता दिने गरेका छौँ । त्यस्तै स्वास्थ्य बिमा सहज बनाउनका लागि स्वास्थ्य बिमाको प्रथम केन्द्रचाहिँ चुलाचुली नै राखेका छौँ । लाइसेन्स लिएर त्यो राख्न हामी सफल भयौँ । अहिले एमबिबिएस डाक्टर राखेर दैनिक दुई सय जनालाई सेवा दिन सफल भएका छौंँ । यसअघि चुलाचुलीमा एम्बुलेन्स पनि थिएन । अहिले दुई वटा एम्बुलेन्स छन् । कृषिमा सिमल तरुलको उद्योग स्थापना गर्ने भनेका थियौँ । अहिले पालिकाभरि सिमल तरुल खेती विस्तार गरिसकेका छौँ । सिमल तरुलबाट पिठोसँगै साबुदाना उत्पादन गर्ने गरी अहिले काम थालिसकेका छौँ । 

सिमल तरुल ब्रान्डिङ गरिएपछि किसानलाई के फाइदा हुन्छ ? 

यसका लागि हामीले कोशी प्रदेश सरकारबाट एक बिघा जमिन प्राप्ति गरेका छाँै । अब तीन महिनाभित्रमा घेराबारा गरिसक्छौँ । अर्को वर्षदेखि मेसिन ल्याएर उत्पादन सुरु गर्छौं । उद्योग सुरु भएपछि किसानले परिश्रमको मूल्य पनि पाउँछन् । गाउँघरमै उत्पादनको मूल्य पाएपछि किसानको आर्थिक आय बढ्छ र पालिका पनि समृद्ध हुन्छ । 

विकास निर्माणका क्षेत्रमा के के काम भएका छन् ?

पूर्वाधार विकासतर्फ वडा नं. १ देखि ६ सम्मका सडक कालोपत्रे गर्न सुरु भइसकेको छ । सबै वडामा कालोपत्रे सडक पु-याएका छौँ । अन्तरपालिका सडक निर्माण पनि भइरहेको छ । इलामको माङसेबुङ, गाउँपालिका, माई नगरपालिका, झापा कमल गाउँपालिकासँग अन्तरपालिका सडक निर्माण भइरहेको छ ।  यी देखिने काम हुन् । यसबाहेक शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा थुप्रै काम भएका छन् ।  सामाजिक विकासको काम पनि भइरहेको छ । 

शिक्षा र स्वास्थ्य क्षेत्रमा के काम भएका छन् ? 

शिक्षातर्फ हामीले चुलाचुलीका सबै बुहारीलाई निःशुल्क ११ र १२ कक्षासम्म पढाउने व्यवस्था गरेका छौँ । अहिले यस पालिकाका बुहारीले निःशुल्क पढिरहेका छन् । सामुदायिक विद्यालयलाई बस उपलब्ध गराएका छौँ । चुलाचुलीका प्रत्येक आधारभूत विद्यालयमा अङ्ग्रेजी माध्यम राखेका छाँै । त्यसले भविष्यमा एउटा राम्रो नतिजा निकाल्ने विश्वास गरेका छौँ । 

स्वास्थ्यको क्षेत्रमा स्वास्थ्य बिमा लागु गरिएको छ । स्वास्थ्य केन्द्रमा डाक्टर उपलब्ध गराएका छौँ । यहाँका नागरिकले सहज रूपमा स्वास्थ्य उपचार पाएका छन् । पालिकामा १५ शøयाको अस्पताल तयारी अवस्थामा छ । प्रत्येक वडामा स्वास्थ्य चौकी निर्माण गरेका छौँ । दलित, अपाङ्गता भएका र अशक्तलाई हामीले स्वास्थ्य बिमा कार्यव्रmममा सहज रूपमा सहभागी गराएका छौँ । 

यहाँको मुख्य व्यवसाय कृषि र पशुपालनको क्षेत्रमा के गर्दै हुनुहुन्छ ? 

पशुको क्षेत्रमा वडा नं. १ देखि ६ सम्मै अनुदानमा डेरी सञ्चालनमा ल्याएका छौँ । पशुपालन गर्दै आएका किसानलाई मागका आधारमा अनुदान दिएका छाँै । दुध र दुधजन्य वस्तुको बजारीकरणमा पनि हामीले पहल गरिरहेका छौँ । 

पर्यटन क्षेत्रको विकासका लागि के गर्दै हुनुहुन्छ ? 

केहिदिनअघि पर्यटन प्रवर्धन गर्नका लागि १० दिनसम्म पोखरी महोत्सव सञ्चालन ग-यौँ । महोत्सवले स्थानीयवासीको आम्दानी बढाउनेदेखि पर्यटन प्रवर्धनको काम भएको छ । अब यो चुलाचुलीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन भइसकेको हामीले पाएका छौँ । हामी स्थानीयस्तरमा उत्पादन भएका वस्तु र रैथाने खाना प्रवर्धनमा लागेका छाँै । यस्ता स्टल राखेर भए पनि हामी पर्यटकसँग जोडेर यस्ता वस्तुको प्रवर्धन गर्न लागिपरेका छौँ । आगामी वर्षबाट छ वटै वडामा पर्यटन प्रवर्धनका कार्यव्रmम र बजेटको व्यवस्था गर्छौं । 

चुलाचुलीका खास समस्याचाहिँ के पाउनुभएको छ ?

यहाँका बासिन्दालाई आफ्नै सदरमुकाम जान एक दिन लाग्छ । त्यो पनि झापा भएर जानु पर्छ । पूर्वाधारमा बाटोघाटोको समस्या छ । बर्खामा बाढीको समस्या हुन्छ । विद्युतीकरणको समस्या पनि उत्तिकै छ । अब रोजगारी सिर्जना गरी जीविकोपार्जनमा युवालाई जोड्नुपर्ने छ । विद्यालय छोड्ने, कुलतमा लाग्ने युवाको समस्या पनि छ ।

तपाईंको कार्यकालमा चुलाचुली गाउँपालिका कस्तो बनाउने योजना छ ? 

चुलाचुलीलाई बस्नलायक चुलाचुली बनाउँछौँ । यहाँका नागरिकको सबै आवश्यकता पूरा गर्ने छौंँ । चुलाचुलीको जे भूगोल, जस्तो बसाइ छ, हाम्रो समुदायले जे आशा गरेको छ त्योचाहिँ दिन्छौँ ।