• १३ साउन २०८१, आइतबार

एनआरएनएको सहयोगमा पुस्तकालय स्थापना

blog

पुस्तकालय । फाइल तस्बिर

डडेल्धुरा, फागुन १७ गते । अजयमेरु गाउँपालिकाका छ सरकारी विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ । विद्यालयको शिक्षाको गुणस्तरमा सुधार ल्याउन र विद्यार्थीको पढाइमा पहुँच बढाउनका लागि विद्यालयमा पुस्तकालय स्थापना गरिएको जनाइएको छ । 

पुस्तकालय स्थापनामा भक्त बिबि फर ह्युमानिटीको पहल र सक्रियतामा एनआरएनएका विनोद कुँवर, बिक्कु लामा (दुर्गम लाइब्रेरी अभियन्ता), हेल्प नेपाल नेटवर्क र बहादुर खडक स्मृति प्रतिष्ठानको सहयोग रहेको जनाइएको छ । अजयमेरु-४ को मणिलेक मावि चिपुर, भुवनेश्वरी आबि मड, चिपुर, वडा नम्बर ५ को केदार शिशु सुधार मावि खोली मटेला, गोजलिङ्ग प्रावि तल्पखा, वडा नम्बर ६ को देवल मावि देवल र गङ्गेश्वर आधारभूत विद्यालय भण्डारी गाउँमा पुस्तकालय स्थापना गरी हस्तान्तरण गरिएको छ ।

पुस्तकालयमा विभिन्न कथा, कविता, चित्र, व्यङ्ग्य चित्रलगायतका पाँच हजारभन्दा बढी पुस्तक राखिएको भक्त बिबि फर ह्युमानिटीका संरक्षक भक्तबहादुर भण्डारीले जानकारी दिनुभयो । यसअघि कञ्चनपुरको वीणा माध्यमिक विद्यालय, डडेलधुराको बाल कल्याण माध्यमिक विद्यालय र घनघस्या माध्यमिक विद्यालय र कैलालीको शुक्र मावि खानीडाँडामा पनि एनआरएनएले पुस्तकालय स्थापना गरिसकेको छ । रासस