• १२ साउन २०८१, शनिबार

चौरासी पूजामा विद्यालयलाई ६ लाख सहयोग

blog

चौरासी पूजामा विद्यालयलाई ६ लाख १० हजार सहयोग रकम हस्तान्तरण गर्नुहुँदै दलबहादुर दम्पती परिवार। तस्बिर : साधन घर्ती

साधन घर्ती 

म्याग्दी (दरबाङ), फागुन १३ गते। म्याग्दीको मालिका गाउँपालिका–४, स्थित छाप्सीबाङ घर भएर हाल पोखरा निवासी दलबहादुर घर्ती मगर पुन र उहाँकी श्रीमती भानुदेवी दम्पती परिवारले चौरासी पूजाको अवसरमा सोही वडाको एक विद्यालयलाई ६ लाख बढी आर्थिक सहयोग गर्नुभएको छ। चौरासी पूजाको अवसरमा दलबहादुर दम्पती परिवारले सोही वडाको च्युरिबोटस्थित सिद्धार्थ माविलाई ६ लाख १० हजार रुपियाँ सहयोग गर्नुभएको हो। 

आइतबार विद्यालयमा आयोजित एक कार्यक्रमका बिच सो रकम दलबहादुर दम्पती परिवारले विद्यालयका प्रअ ललितबहादुर घर्ती मगर, विद्यालय व्यवस्थापन समिति अध्यक्ष रेशमबहादुर पुन र निवर्तमान अध्यक्ष तमबहादुर पुनलाई सामूहिक रूपमा हस्तान्तरण गर्नुभयो।