• १३ साउन २०८१, आइतबार

भुस्याहा कुकुरबाट मारिए चार लाखभन्दा बढी मूल्यका कुखुरा

blog

कञ्चनपुर,  फागनु १० गते ।  शुक्लाफाँटा नगरपालिका–११ अमरपुरस्थति आशा ऐरको कुखरा फार्मभित्र छिरेका भुस्याहा कुकुरले रु. चार लाखभन्दा  बढी मूल्यका कुखुरा मारेर नोक्सानी पुर्‍य ाएका छन् ।

आज बिहान कुखुरा फार्मको तारजाली तोडेर भित्र पसेको भुस्याहा कुकुरको हुलले अण्डा दिने लेयर्स जातका छ सय कुखुरा मारिदिएको हो । सयभन्दा बढी कुखुरा घाइते छन् । “बैंकबाट रु. १२ लाख कर्जा निकालेर एक हजार दुई सय अण्डा दिने कुखुरा पालेका थियौँ”, फार्म सञ्चालक आशाले भन्नुभयो, “दैनिक कुखुराले चार पेटी जति अण्डा दिँदै आएका थिए, भुस्याहा कुकुर फार्मभित्र छिरेर कुखुरा मारिदिएपछि निकै ठुलो नोक्सानी व्यहोर्न बाध्य भएका छौँ ।”

फार्ममा पाँच सय जति कुखुरामात्रै बाँकी रहेको उहाँले बताउनुभयो । फार्मभित्र कुकुरले कुखुरा मारेर खान थालेपछि कुखुराको आवाज सुनी  कुकुरलाई भगाउन सकिएको उहाँले बताउनुभयो । वडाध्यक्षको रोहवरमा प्रहरी मुचुल्का तयार गरिएको उहाँको भनाइ छ । नगरपालिका क्षेत्रमा भुस्याहा कुकुर नियन्त्रण नहुँदा किसानले निकै सास्ती खेप्नुपरेको स्थानीय जयबहादुर ऐरले बताउनुभयो ।

“पोल्ट्री फार्मभित्रै छिरेर आज ठूलो सङ्ख्यामा कुखुरा मारिदिए, बाटो हिँडने व्यक्तिाई पनि झम्टिने गरेको छ”, उहाँले भन्नुभयो, “धेरै व्यक्तिलाई टोक्दा रेबिजको खोप लगाइरहेका छन् ।” नगरपालिकाले भुस्याहा कुकुर नियन्त्रण गरिदिनुपर्ने उहाँको भनाइ छ । कुखुरा फार्म सञ्चालकले सम्बन्धित निकायलाई क्षतिपूर्तिको व्यवस्था गरिदिन पनि आग्रह गरेका छन् । रासस