• २८ पुस २०८१, आइतबार

लेबनान–इजरायल सीमामा भिडन्तः दुई जनाको मृत्यु, दुई घाइते

blog

लेबनान, माघ २२ गते । दक्षिणपूर्वी लेबनानी गाउँ अल–तैबेहमा इजरायलले गरेको हवाई आक्रमणमा विगत २४ घण्टामा दुई हिजबुल्लाह लडाकुको मृत्यु भएको छ । साथै दुई जना सर्वसाधारण घाइते भएका छन् ।

सिभिल डिफेन्स र मुस्लिम स्काउट एसाेसिएसनका आधिकारिक स्रोतहरूले हवाई हमलाले चार भवन पनि ध्वस्त पारेको छ । गाउँका अन्य घरमा पनि आंशिक रूपमा क्षति पुगेको छ ।

लेबनानी सैन्य स्रोतहरूले इजरायली लडाकु विमानहरूले गत २४ घण्टामा सीमाक्षेत्रका लक्ष्यहरूमा २१ आक्रमण गरेको बताए । दक्षिणी लेबनानको २५ शहर र गाउँहरूमा धेरै आक्रमण भएको बताए । इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले इजरायली लडाकु विमानहरूले अल–तैबेहमा एक हिजबुल्लाह सैन्य भवन र मिसाइलहरूको भण्डारण स्थललाई ध्वस्त पारेको छ ।

यसैबिच, हिजबुल्लाहले आफ्ना लडाकुहरूले इरोन र एविभिमको इजरायली बस्ती र अन्य धेरै इजरायली साइटहरूमा आक्रमण गरेको बताएको छ । हिज्बुल्लाहले इजरायलमा हमासको आक्रमणको समर्थनमा अघिल्लो दिन इजरायलतर्फ दर्जनौं रकेट प्रहार गरेपछि लेबनान–इजरायल सीमामा अक्टोबर ८ देखि तनाव बढेको हो । हिजबुल्लाह र इजरायलबिचको भिडन्तमा लेबनानी पक्षमा २४४ जनाको मृत्यु भएको छ । जसमा १७६ हिजबुल्लाह सदस्य र ३९ नागरिक छन् । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल