• १३ साउन २०८१, आइतबार

सुत्केरीलाई कोसेली

blog

खप्तड छेडेदह गाउँपालिका उपाअध्यक्ष बिसुनाथ सुत्केरी महिलालाई अण्डा दिँदै । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की 

बाजुरा, माघ २० गते । बाजुराको खप्तड छेडेदह गाउँपालिकाले पछिल्लो समय सुत्केरी महिलालाई कोसेली कार्यक्रम सञ्चालन गरेको छ ।

गत आर्थिक वर्ष २०७९/८० बाट गाउँपालिकाले उपाध्यक्षसँग सुत्केरी कोसेली कार्यक्रम सञ्चालन गरेको हो। पछिल्लो समय गाउँमा केही बच्चामा कुपोषण देखा परेकोले त्यसलाई न्यूनिकरण गर्नेगरी उपाध्यक्षसँग सुत्केरी कोसेली कार्यक्रम सञ्चालनमा ल्याएको खप्तड छेडेदह गाउँपालिकाले जनाएको छ ।

यो कार्यक्रम सञ्चालन गरेपछि यती बेला यहाँका सुत्केरीको मुहारमासमेत निकै खुसी छाएको छ ।

कार्यक्रमले पछिल्लो समय यहाँका अधिकांश आमा र बच्चा दुबैको स्वास्थ्यमा राम्रो परिवर्तन ल्याएको खप्तड छेडेदह गाउँपालिका–२ कमला रावतले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिकाले सञ्चालन गरेको यो सुत्केरीसँग कोसेली कार्यक्रमले यहाँका आर्थिक अवस्था कमजोर भएका महिलाका लागि निकै सहज भएको छ ।’’

पछिल्लो समय जन्मिने कुनै पनि बालबालिका कुपोषणको सिकार बन्नु नपरोस् भन्ने उद्देश्यले गाउँपालिकाले उपाध्यक्षसँग सुत्केरी कोसेली कार्यक्रम सञ्चालनमा ल्याएको खप्तड छेडेदह गाउँपालिका उपाध्यक्ष बिसु नाथले बताउनुभयो ।

खप्तड छेडेदह गाउँपालिकाको वडा नम्बर १ मा ३२ वडा नम्बर २ मा  १८ वडा नम्बर ३ मा २४ वडा नम्बर ४ मा २२ वडा नम्बर ५ मा ३२ वडा नम्बर ६ मा २५ वडा नम्बर ७ मा ३२  गरी जम्मा १८५ जना सुत्केरी महिला समेटिएको नाथले बताउनुभयो ।

अहिले कुपोषित भएका बालबालिका र पछिल्लो समयमा जन्मिएका नयाँ कुनै पनि बालबालिकालाई कुपोषणबाट मुक्त गर्नेगरी  खप्तड छेडेदह गाउँपालिकाले  सात वटै वडामा उपाध्यक्षसँग सुत्केरी कोशेली कार्यक्रम सञ्चालन गरेको खप्तड छेडेदह गाउँपालिका अध्यक्ष दिलबहादुर रावतले बताउनुभयो ।