• २८ पुस २०८१, आइतबार

यु–१९ विश्वकप क्रिकेट : नेपाल भारतविरुद्ध पहिले फिल्डिङमा

blog

फाइल तस्बिर ।

काठमाडौँ, माघ १९ गते । नेपालले आइसिसी यु–१९ विश्वकपको सुपर सिक्समा भारतविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । दक्षिण अफ्रिकाको माङ्गाउङ ओभलमा भारतका कप्तान उदय सरनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपाल फिल्डिङमा उत्रिएको हो 

नेपाल सुपर सिक्सको पहिलो खेलमा बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको थियो । सुपर सिक्सको खेल अघिनै सेमिफाइनल दौडबाट बाहिरिएको नेपाल आज भारतलाई हराउँदै प्रतियोगिताको सुखद अन्त्य गर्ने योजनामा छ । 

भारत अपराजित रहँदै तीन खेलमा ६ अङ्कका साथ शीर्षस्थानमा छ । नेपाललाई हराए भारत सेमिफाइनलमा पुग्नेछ । पराजित हुँदा पनि भारत नेट रनरेटको आधारमा सेमिफाइनलमा पुग्ने सम्भावना छ । यु–१९ विश्वकपमा नेपाल र भारतबिचको विगत भारतको पक्षमा बलियो छ ।

यसअघि दुई टोलीबीच दुई वटा भिडन्त भएको थियो । नेपाल दुवै खेलमा पराजित भएको थियो । नेपाल यसअघि सन् २००० मा आठ विकेट र २०१६ मा सात विकेटले पराजित भएको थियो ।