• १३ असोज २०८१, आइतबार

राष्ट्रपतिद्वारा बौद्ध धर्मगुरुलाई प्रमाणपत्र प्रदान

blog

राष्ट्रपति रामचन्द्र पौडेल ४६ औं बौद्ध दर्शन अध्ययन भ्रमण टोली–२०८० मा सहभागीहरूका साथ बिचमा । तस्बिर : राष्ट्रपतिको सचिवालय

काठमाडौं, माघ ७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले ४६ औँ बौद्ध दर्शन अध्ययन भ्रमण टोली–२०८० मा सहभागीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभएको छ ।

टोलीले चार महत्त्वपूर्ण बौद्ध तीर्थस्थलको भ्रमणमा सहभागी २९ जना धर्मगुरुहरूलाई आइतबार राष्ट्रपति भवन शीतल निवासमा प्रमाणपत्र प्रदान गरिएको हो । 

राष्ट्रपतिले सहभागीहरूलाई धन्यवाद दिँदै सो प्रमाणपत्र प्रदान गर्नुभयो । भ्रमणमा निस्कनु अघि पनि सो टोलीलाई राष्ट्रपति पौडेलले बिदाइ गर्नुभएको थियो ।

बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिका अध्यक्ष फुपु छेम्बे शेर्पा (खेन्पो गेशे थुप्तेन जिग्ड्रोल) को नेतृत्वमा सो टोली गएको थियो । टोलीले नेपालको लुम्बिनी, भारतको सारनाथ, कोशीनगर र बोधगयाको धार्मिक यात्रा गरेको हो ।