• १६ भदौ २०८१, आइतबार

चलचित्र प्रवर्धन समितिमा राई

blog

काठमाडौँ, माघ ७ गते । चलचित्र विकास बोर्ड अन्तर्गतको आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्धन समितिको संयोजकमा निर्माता ज्योतिराज राई नियुक्त हुनुभएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले राईलाई उक्त समितिको संयोजक नियुक्त गर्नुभएको हो । 

सात प्रदेशका विभिन्न १६ जातिबाट सिफारिस भएर आएका व्यक्तिमध्येबाट आदिवासी जनजाति महासङ्घले चलचित्र विकास बोर्डलाई एक व्यक्ति संयोजक र अरू सदस्यका लागि सिफरिस गर्ने गरेको छ । सो सिफारिस अनुसार बोर्डले संयोजक नियुक्त गर्ने प्रावधान छ । बोर्डले राईको संयोजकत्वमा छ सदस्यको समिति गठन गरेको हो  । समितिको सदस्यमा अमर लामा, रविन गुरुङ, विकास मगर, लक्ष्मी योङहाङ, सगिना सुनुवार, अमृतामाया माझी हुनुहुन्छ भने हरिसिंह रैखोला समितिको सदस्यसचिव रहनुभएको छ ।