• २९ वैशाख २०८१, शनिबार

प्रदेशबाट गरिने सहयोगमा विभेदको रङ देखिन्छ

blog

परापूर्वकालदेखि वाइबा राजाको नामबाट चिनिएको डबजोङ दरबारको नाम र मार्पाकको बेँसी हुँदै बगेको नेत्रावती खोलाको नामलाई जोडेर धादिङ जिल्लाको नेत्रावती डबजोङ गाउँपालिका नामकरण गरिएको छ । नेत्रावती डबजोङ गाउँपालिका साबिक सेम्जोङ मार्पाक र कटुन्जे गाउँ विकास समिति मिलेर बनेको हो । स्थानीय तहको निर्वाचन २०७९ मा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित हुनुभएका गाउँपालिका अध्यक्ष मेघनाथ रिजालसँग धादिङ  समाचारदाता मुरारी अधिकारीले गर्नुभएको कुराकानी :

पालिकाको नेतृत्व लिएको साढे एक वर्षसम्म तपाईंको अनुभव कस्तो रह्यो ? 

लामो समयदेखि सामाजिक क्षेत्रमा लागेका कारण सुरुवाती समयदेखि नै काममा कठिनाइ भएन । स्थानीय तहमा पार्टीका तर्फबाट प्रतिनिधित्व गरिरहेकाले पनि काममा सहज नै भयो । निर्वाचनको समयमा जनतासँग गरेका प्रतिबद्धताबमोजिम जनअपेक्षित र पूर्वघोषित कार्यक्रम कार्यान्वयन सुरुवात भएको छ । मलगायत सबै जनप्रतिनिधिको सहकार्यमा पालिकाको पाँच वटै वडामा विद्युतीकरणका लागि तत्परता देखाएसँगै यस वर्ष सबै घरमा विद्युत् सेवा पु¥याउने लक्ष्य पूरा हुँदै छ । 

हामी पालिकालाई उज्यालो गाउँपालिका घोषणा गर्ने तयारीमा छौँ । पालिका क्षेत्रभरिका सामुदायिक विद्यालयमा सूचना प्रविधिमैत्री वातावरणमा शिक्षण सिकाइ तथा इलर्निङ माध्यमबाट पठनपाठन सञ्चालनका लागि लगानी वृद्धि गरेका छौँ । स्थानीय पाठ्यक्रमलाई कार्यान्वयनमा लगेका छौँ । भौतिक पूर्वाधार तथा सडक, यातायात क्षेत्र अन्तर्गत बर्सेनि कृषि सडक निर्माण हँुदै आएको छ । कोखदेखि शोकसम्म सरकारको प्रत्याभूति गराउनका लागि नवजात शिशुलक्षित सुनौलो हजार दिन कार्यक्रम, गर्भवती महिलालाई भत्ता र सामग्री वितरण, असहाय, ज्येष्ठ नागरिक र दीर्घरोगीलक्षित स्वास्थ्य सेवा कार्यक्रम गरिरहेका छौँ । सडक, भवन, खानेपानी जस्ता क्षेत्रमा महìवपूर्ण कार्य भएको छ । 

कार्यपालिकाको निर्णय प्रक्रियामा बाधा अवरोध भइरहेको सुनिन्छ, महìवपूर्ण विषयमा निर्णय गर्न समस्या भएको छ र ? 

त्यस्तो छैन । नेपाली कांग्रेसको पूर्ण बहुमत छ तर बहुमतका आधारमा हामी मनोमानी ढङ्गले चल्न नि चाहन्नैँ र चल्न पनि दिँदैनौँ । पालिकाका सबै विषय सोही पालिकाका जनताका भएकाले सबै विषयमा जनताका धारणा लिन्छाँै । त्यसैले एकै दलभित्रका प्रतिनिधिका पनि माग, एजेन्डा फरक हुन सक्छन् । त्यसैलाई विवाद भन्न मिल्दैन । छलफल हुन्छ, संवाद हुन्छ अनि हामी एक भएर हाम्रा नीति तथा कार्यक्रम र बजेट ल्याउने गरेका छौँ । संवाद, छलफल र मतमतान्तर हुन्छ तर अवरोध हुन्न र भएको छैन । 

पालिकाको चौतर्फी विकासमा स्थानीय राजनीतिक दल, नागरिक समाज तथा बुद्धिजीवी र पालिकाका कर्मचारीको भूमिका कस्तो छ ?

सबैको भावनालाई कदर गरेर काम गर्ने प्रयास गरेको छु । पालिका सबैको हो, सबैले आफ्नो भूमिका निर्वाह गर्न पाउनु पर्छ भन्नेमा म र मेरो टिम पूर्ण सचेत छ । सबै दल, भावना र समाजलाई पालिका सञ्चालनको प्रव्रिmयामा कतै न कतै जोड्ने प्रयास गरेको छु । साथै पालिकाभित्र र बाहिरका बुद्धिजीवीहरूको सुझाव र परामर्शमा काम गरिरहेको छु । सबैको सहयोगी भावना पाएको छु । 

यस वर्ष प्राथमिकता दिइएका कार्यक्रम के के रहेका छन् ? 

मुख्यतः रोजगारी, शिक्षा, स्वास्थ्य र कृषि नै प्राथमिकताका क्षेत्र हुन् । आन्तरिक र बाह्य पर्यटनको सम्भावना देखेका छौँ  । सोही अनुसार काम अगाडि बढाएका छाँै । मध्यपहाडी राजमार्गको निर्माण कार्य सम्पन्न हुँदा यससँगै जोडिएका सडक पूर्वाधारको गुणस्तर वृद्धिलाई हामीले प्राथमिकता दिएर काम गरिरहेका छौँ  । प्रत्येक वडामा सडक, खानेपानी र आवश्यक भवन निर्माणका कार्यव्रmमलाई प्राथमिकता दिएर काम गरिरहेका छौँ । यसै वर्ष प्रदेश सरकारको सहयोगमा रिमाल डि थर्पु–सेम्जुङ–बेतिनी–लामाथा थला बोराङ किन्ताङ फेदी सडक–टोड्के–कुभिन्डे–भोक्टेनी–बाहुनगाउँ–तामई–कालामाटा–नयाँबस्ती सडक निर्माण, वडा नम्बर ४ र ५ का सबै घरमा धारा पुग्ने गरी बृहत् खानेपानी योजना र किसानलक्षित पक्की टनेल निर्माण, स्वास्थ्यलक्षित फुट एन्ड नर्स कार्यव्रmम कार्यान्वयनको चरणमा छौँ  ।

तपाईंको पालिका धार्मिक तथा सांस्कृितक महìवको क्षेत्रमा अब्बल छ, त्यसलाई कति प्राथमिकतामा राख्नुभएको छ ?

नेत्रावती डबजोङभित्र तामाङ, नेवार, गुरुङ, ब्राह्मण, क्षेत्री, मगरलगायत धेरै जातिको बहुभाषा, धर्म, संस्कार र संस्कृतिको विविधता छ । धार्मिक, सांस्कृतिक र प्राकृतिक विविधतालाई संरक्षण संवर्धन गर्ने गरी वार्षिक कार्यव्रmम तय गरी बजेट विनियोजनसहित काम पनि भइरहेको छ । विशेष गरी डबजोङ दरबार, नमोबुद्ध स्तूप, वागाराहा, बिन्दुकेशर, भ¥याङभुरुङ, गोकर्णेश्वर मन्दिर आदि क्षेत्रको विकासका लागि हामीले प्राथमिकतामा राखेको छ । 

पालिकालाई प्रदेश र सङ्घको सहयोग कस्तो छ ?

वडा कार्यालयदेखि पालिकाको केन्द्र जोड्ने सडक, बृहत् खानेपानी, स्वास्थ्य क्षेत्रमा भवन तथा उपकरण खरिद, विद्यालय, वडा कार्यालय भवनलगायत क्षेत्रमा प्रदेश तथा सङ्घको सहयोग रहेको छ तर प्रदेशबाट गरिने सहयोगमा विभेदको रङ देखिन्छ । सबै पालिकालाई समान ढङ्गबाट बजेट विनियोजन छैन । त्यसको प्रभाव हामीकहाँ पनि परेको छ । 

स्थानीय तहमा व्यापक भ्रष्टाचार र सुशासनका बारेमा प्रश्न उठ्ने गरेका छन्, नेत्रावतीमा यसको अवस्था कस्तो छ ? 

सुशासनमा प्रश्न आउनु स्वाभाविक हो । गाउँपालिकामा नागरिक सचेतनालाई प्राथमिकतामा राखेका छौँ  । सुशासनका लागि सार्वजनिक सुनुवाइ र सामाजिक परीक्षण गर्ने गरेका छौँ । कुनै कर्मचारी दबाब र प्रभावमा नपरी काम गर्ने वातावरण सिर्जना गरेका छौँ । कहीँ कतै कसैले कमजोरी गरेमा सिधै उजुर गर्न भनेका छौँ । 

 पाँचवर्षे कार्यकालमा पालिकालाई कस्तो बनाउने परिकल्पना छ ?

गाउँमै स्वरोजगार हुने वातावरण सिर्जना गर्ने, खानेपानीको दिगो समाधान, सडक तथा यातायात क्षेत्रमा बाह्रैमास सवारीसाधन सञ्चालन गर्ने, पूर्ण विद्युतीकरण, गुणस्तरीय शिक्षा, स्वास्थ्य खाद्यान्नको व्यवस्था तथा सुनिश्चितता, रोजगारीको ग्यारेन्टी हाम्रो पहिलो प्राथमिकता हो ।