• १६ भदौ २०८१, आइतबार

सरोज र आस्माको ‘हे नीर’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ ६ गते । गायक एसडी योगी र गायिका शान्तिश्री परियारको स्वरमा ‘हे नीर’ सार्वजनिक भएको छ । गीतमा रविन स्वप्निल गिरीको शब्द, एसडी योगीको सङ्गीत छ । गीतमा मोडलद्वय सरोज अधिकारी र आस्मा विश्वकर्मासँगै कार्टुन क्रु जेनेरेसन देखिनुभएको छ । सरोज अधिकारीको सम्पादन, पवन सुस्लिङ राईको छायाङ्कन, विजय अधिकारीको सहनिर्देशन, पेम्बा मगरको सहकोरियोग्राफी तथा सरोज अधिकारीको निर्देशन रहेको छ । गीतमा युवकयुवतीबिचको प्रेम, पारिवारिक अवरोधको कथालाई देखाइएको छ ।