• १६ भदौ २०८१, आइतबार

दार्चुलामा बस दुर्घटना: १४ जना घाइते

blog

लोकेन्द्र जोशी

दार्चुला, माघ ५ गते । दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको महाकाली यातायातको बस महाकाली नगरपालिका ५ किम्तडीस्थित फोहोर सङ्कलन केन्द्र नजिकै दुर्घटना भएको छ ।

दार्चुला सदरमुकाम खलङ्गाबाट आज बिहान ५ः३० बजे महेन्द्रनगरको लागि छुटेको महाकाली यातायातको सुपप्र ००१ ख १०३१ नम्बरको बस बिहान ६ बजेतिर दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । चालकसहित बसमा सवार १४ जना यात्रुहरू घाइते भएको र घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला ल्याइएको प्रहरी निरीक्षक गोविन्द भण्डारीले बताउनुभयो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको उहाँले बताउनुभयो ।

चालकसमेत उपचारमा रहेको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले बताइएको छ ।