नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको सुन्दर देश हो । यहाँ एक विशाल बहुजातिको जनसमूह छ । अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रो साझा पहिचान हुन् । नेपाल एउटा बहुजातिक देश भएकाले यहाँ प्रत्येक जातजाति र धर्मावलम्बीका आआफ्नै सांस्कृतिक महìव बोकेको मौलिक चाडपर्व छन् । त्यस्तै तराईको प्रमुख आदिवासीका रूपमा प्राचीन कालदेखि प्रख्यात तराईको भूमिपुत्र थारू जाति पनि एक हुन् ।
थारूहरूको एक अलग जातिका रूपमा पहिचान बोकेको आफ्नै भाषा, धर्म, संस्कृति एवं सामाजिक रीतिरिवाज छन् । तिनीहरूका आधारमा यो जातिको आफ्नै स्वतन्त्र अस्तित्व कायम छ । थारूहरू संस्कृतिमा निकै नै धनी छन् । अन्य जातिहरूले जस्तै थारू जातिले पनि अनेकौँ चाडबाड मनाउँदै आएका छन् । माघी, फगुई, होली, अस्तिम्की, दस्या, देवारी, अटवारी, जितिया आदि पर्व थारूको विशेष चाड हुन् । थारू समाजमा प्रचलित यी कतिपय पर्व नेपालका अन्य जातजातिद्वारा पनि मनाउँदै आइरहेको देख्न सकिन्छ ।
माघ पर्व पुस महिनाको अन्तिम दिनदेखि सुरु भएको मानिन्छ । अर्थात् ‘जिता मर्ना दिन’ (मासुको व्यवस्था गर्ने दिन) देखि माघी सुरु हुन्छ । यस दिन छिमेकीको घरमा गई माघक टिप्पा चाख्ने (माघीको सुरुवात) गर्ने निहँुमा अनदीको गुलियो जाँड र सुँगुरको मासु खाने गरिन्छ । थारू समुदायमा माघी पर्वको विशेष महìव छ । यस पर्व मनाउने विभिन्न तरिका रहेका छन् । पुस महिनाको अन्तिमको रातभरि डफ बजाउने डमरु गीत र छोकरा, झुमरा नाँच नाँच्ने गरिन्छ । जब बिहान भालेको पहिलो प्रहर सुरु हुन्छ त्यही बेला घरका साना ठुला पुरुष सबै जना सकेसम्म नदीको दोभानमा बाजागाजसहित नुहाउन जाने गरिन्छ । जसलाई माघ लाहान (नुहाउने दिन) भनिन्छ ।
यता महिला घरको काममा बढी व्यस्त हुनुपर्ने भएकाले सबभन्दा नजिक पर्ने कुवा, घाट वा खोलानालामा गएर नुहाउने गर्दछन् र खानेकुरा तयार गर्ने गर्दछन् । माघी पर्वको उपलक्ष्यमा नुहाइसकेपछि टीका लगाउने व्रmम सुरु हुन्छ । यस व्रmममा घरमुलीले पहिले आफूलाई टीका लगाइसकेपछि आफ्ना भाइ, छोरा, भतिजा, नाति र अन्य सबैलाई टीका लगाइदिने र साइनो अनुसारको आफूभन्दा ठुलाबडालाई ढोग्ने तथा सानालाई शुभ आशीर्वाद दिने गर्दछन् । नुहाइधुवाइ गरेर घरमा फर्केपछि घरका सबै जना पुरुषले सर्वप्रथम ‘निश्राउ कहार्ने’ गर्दछन् । यसका लागि घरको एउटा कोठामा एउटा भाँडोमा चामल, नुन र मासको दाल राखिएको हुन्छ । यिनै चामल, नुन र मासलाई छु्ट्टाछुट्टै भाँडामा पाँच पाँच अञ्जुली झिकेर राखिन्छ । यो प्रव्रिmयालाई ‘निश्राउ कहर्ना’ (कोसेली छुट्याउनु ) भनिन्छ । निश्राउ जति झिकेर राखेको छ, त्यसैमा केही थपेर माघीको दोस्रो दिनमा आफ्ना दिदीबहिनीलाई दिन जाने गरिन्छ । ‘निश्राउ कहर्ना’ सकेपछि घरको सबैभन्दा जेठो महिला वा पुरुषबाट सुरु गरी आफूभन्दा पाका सबैसँग सेवा ढोग लाग्ने र आशिष लिने गरिन्छ । आआफ्ना घरमा सेवा ढोग लागेर खानपिनपछि छरछिमेक तथा गाउँघरमा आफ्ना मान्यजनसँग सेवा ढोग लागेर आशीर्वाद लिने र सानालाई आशीर्वाद दिनुका साथै माघी पर्वको खस्रा मिठा परिकारहरू खाने गरिन्छ ।
पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका थारू जातिले आआफ्ना स्थान विशेषले फरक फरक परिकार खाने गर्दछन् । यस दिन सम्बन्ध बिग्रेको र बोलचाल बन्द भएकासँग गएर पनि ढोग्ने गरिन्छ । यसले खेतीपातीको व्रmममा तथा अन्य बेला हुन गएका मनमुटाव तथा रिसइबी बिर्सी सहिष्णुता र सद्भावको पुनस्र्थापना गर्न गराउन मद्दत गर्ने गर्दछ । माघी पर्वको भोलिपल्ट माघीको दोस्रो दिन दाजुभाइले आफ्ना दिदीबहिनीलाई निश्राउ (कोसेली) अनिवार्य रूपमा दिन जाने गर्दछन् । कोसेलीमा माघ १ गते छुट्øााइएको चामल, नुन, दाल र विभिन्न मिठामिठा परिकार दिन जाने चलन छ । दाजुभाइले आफ्ना दिदीबहिनीलाई सद्भावका साथ बर्सेनि दिने निश्राउको ठुलो महìव छ । माघ २ गतेका दिन प्रत्येक दिदीबहिनीले निश्राउ दिन आउने आफ्नो दाजु वा भाइको प्रतीक्षा व्यग्रताका साथ गरिरहन्छन् । यस दिन चेलीहरूले निश्राउ दिन आउने दाजुभाइको विशेष स्वागत र मिठामिठा परिकार खान दिने गर्दछन् । यसले दाजुभाइ तथा दिदीबहिनीबिचको सम्बन्धलाई अझ प्रगाढ र जीवन्त बनाउन मद्दत गर्दछ । थारूहरूले माघ १ गतेदेखि नयाँ वर्षको थालनी भएको मान्दछन् । यसले पुस मसान्तमा गत सालको सबै कारोबारको अन्त्य र माघ १ गतेदेखि नयाँ कारोबारको थालनी गर्ने चलन छ । यस व्रmममा गरिने विभिन्न व्रिmयाकलापलाई दुई समूहमा वर्गीकरण गरिएको छ ।
घरायसी कामकाज
माघीको पहिलो र दोस्रो दिनपछि घरका सबै जना एकै ठाउँमा बसेर तयार गरिएको मिठामिठा परिकार खाँदै घर व्यवहारबारे छलफल गर्ने गरिन्छ । यस व्रmममा आगामी वर्षका लागि के के गर्ने के नगर्ने बारेमा समेत छलफल हुने गर्दछ । जस्तै घरमुली कसलाई बनाउने, बसाइँ सर्ने कि नसर्ने, घर छुट्टिने कि नछुट्टिने, विवाह गर्ने कि नगर्ने, कमैया कमलरी लाग्ने कि नलाग्ने, बटैया खेत जोत्ने वा छोड्ने, जग्गा धनी र जोताहाको सर्तबारे छलफल गर्ने, घरमा काम गर्ने मानिस राख्ने वा नराख्ने, घरको लेनदेन बारे छलफल, घरको काम गर्ने अगुवा कसलाई बनाउने, साहु महाजन कोसँग व्यवहार गर्ने र आगामी वर्षका लागि योजना बनाउने आदि ।
सामूहिक कामकाज
सामूहिक कामकाजको सम्बन्धमा पनि माघीको तेस्रो दिनदेखि करिब सातौँ दिनसम्म धेरै कामकुराको छिनोफानो लगाउने काम गरिन्छ । यसका लागि गाउँको हरेक किसानको घरबाट खास गरी घरमुली, बरघरीया वा भलमन्साको घरमा भेला हुने गर्दछन् । यस भेलालाई ‘खे¥या खैना’ भन्ने चलन छ । यस भेलामा गरिने छलफलमा गाउँको साझा कुलो, भरुवा, वेगारी तथा सार्वजनिक काममा कसले कति जना लगाउने, गाउँको साझा देवीदेवता तथा विभिन्न पूजापाठ गर्ने गुरुवा राख्ने, बरघर, भलमन्सा, चौकीदार, कामी, चिरक्या राख्ने, तिहाइ कसरी दिने र उठाउने सम्बन्धमा कुरा गर्ने, बसाइँ सराई सर्ने कि नसर्ने सम्बन्धमा छलफल गर्ने, आदि ।
अन्त्यमा
माघी पर्वको महìव थारू समाजमा धेरै रहेको छ । यस पर्वले सामाजिक तथा समझदारीपूर्ण सम्बन्धको विकास गराउने, सबल एवं सक्षम नयाँ नेतृत्वको चयन गर्ने सुअवसर प्रदान गर्ने, विभिन्न दैवीबाट बचाउन र सामाजिक परम्परा तथा संस्कारलाई जीवन्त राख्न गुरुवाको व्यवस्था गर्ने, नयाँ काम कारोबारको थालनी गरी व्यक्तिगत तथा सामूहिक विकासका पूर्वाधार तयार पार्नुका साथै दाजुभाइ तथा दिदीबहिनीबिचको सम्बन्धलाई प्रगाढ बनाउन यो पर्वको ठुलो भूमिका छ ।