• १३ असोज २०८१, आइतबार

‘पर्खी बसेँ तिमीलाई’ अर्काे संस्करणको माग

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २९ गते  । चलचित्र ‘पर्खी बसेँ तिमीलाई’ हेरेर निस्किएका दर्शकले सो चलचित्रको अर्काे भाग निर्माणको माग गरेका छन् । ललितपुरस्थित लबिम मलमा रहेको क्युएफएक्समा प्रतिव्रिmया लिन पुगेको निर्माण टिमलाई दर्शकले सो माग गरेका थिए ।

निर्माता राजाराम बुढाथोकी, निर्देशक दीपक श्रेष्ठ, नव कलाकारद्वय किरण श्रेष्ठ र रक्षा बुढाथोकी, वितरक करण श्रेष्ठसहितको टिमलाई दर्शकले यो चलचित्रको अर्काे भाग पनि बनाउन आग्रह गरेका हुन् । चलचित्र हेरेर निस्किँदै गर्दा अधिकांश दर्शकका आँखा रसाएका थिए । उनीहरूले चलचित्रको विषयवस्तुसँगै प्रस्तुतीकरणको तारिफ गरेका थिए । धेरैपछि विशुद्ध प्रेम कथानक फिल्म हेर्न पाएको भन्दै उनीहरूले तारिफसमेत गरे । निर्देशक श्रेष्ठले हल प्रतिव्रिmया शत प्रतिशत सकारात्मक रहेको बताउनुभयो । “म केही समयको अन्तरालमा निर्देशक बनेर आएको थिएँ । युवा पुस्ताको प्रेमलाई मैले बुझे अनुरूप प्रस्तुत गरेँ । म एकदमै खुसी छु,” निर्देशक श्रेष्ठले भन्नुभयो, “मैले देखाएको कथा पर्दाबाट दर्शकसम्म पुग्नु मेरो सफलता हो । हाम्रो चलचित्रको व्यापार अपेक्षाकृत छ । दर्शकले नै अरू दर्शक अब हलसम्म ल्याउनुहुने छ ।”

काठमाडौँ उपत्यकाका वितरक करण श्रेष्ठले पहिलो दिन चलचित्रको व्यापार उत्साहजनक रहेको जानकारी दिनुभयो । वितरक श्रेष्ठले भन्नुभयो, “पहिलो दिन दर्शकको उपस्थिति राम्रो छ । हेर्नेले सकारात्मक प्रतिक्रिया दिइरहनुभएको छ । यसले आगामी दिनमा दर्शकको चाप बढाउनेमा विश्वस्त छु ।” उहाँका अनुसार पहिलो दिनको तुलनामा दोस्रो दिन शनिबार नै सो सङ्ख्यामा वृद्धि भएको छ । चलचित्र टिमले माघेसङ्व्रmान्तिसम्म उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकको प्रतिक्रिया लिने भएका छन् । पहिलो पटक खेलेको चलचित्रमै पाएको प्रतिव्रिmयाले आफूहरू ऊर्जाशील रहेको नव कलाकार किरण र रक्षाले प्रतिव्रिmया दिनुभयो ।