• १३ असोज २०८१, आइतबार

दुई चलचित्र प्रदर्शन

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २८  गते । नेपाली सिनेमाघरमा दुई नेपाली चलचित्र ‘चित्रा’ र ‘पर्खी बसेँ तिमीलाई’ प्रदर्शनमा आएका छन् । ‘चित्रा’ घनश्याम लामिछाने र ‘पर्खी बसेँ तिमीलाई’ दीपक श्रेष्ठले निर्देशन गर्नुभएको छ । बाबुछोरीको कथा रहेको चलचित्र ‘चित्रा’ मा बाबुछोरीको कथासँगै अन्य कथा पनि जोडिएका छन् । चलचित्रले मित्रताको कथालाई पनि प्राथमिकता दिएको छ ।

सन्तोष अधिकारी, अर्पण थापा, प्रमोद अग्रहरी, मेनुका प्रधान, प्रकाश घिमिरे, सिम्रन खड्का, आयुषी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्ज्वल ढकाल, दिपेश गजुरेललगायतका कलाकारको चलचित्रमा अभिनय रहेको छ । चलचित्रका निर्माता आशिष थापामगर र कार्यकारी निर्माता सन्तोष अधिकारी हुनुहुन्छ । चलचित्र सन्तोष अधिकारी फिल्म्सको ब्यानर तथा अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा तयार भएको हो । त्यस्तै निर्देशक श्रेष्ठको ‘पर्खी बसेँ तिमीलाई’ २७ औँ निर्देशकीय चलचित्र हो । पुराना चलचित्र ‘पर्खी बसेँ’ बाट राजवल्लभ कोइराला र युना उप्रेतीलाई नेपाली रजतपटमा ल्याएका श्रेष्ठले यस पटक भने चलचित्रमा किरण श्रेष्ठ र रक्षा बुढाथोकीलाई उतार्नुभएको छ । 

प्रेमकथामा आधारित चलचित्र रोमन फिल्म र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त ब्यानरमा निर्माण गरिएको छ । चलचित्रमा किरण र रक्षासँगै शिव श्रेष्ठ, विल्सनविव्रmम राई, सुनिता श्रेष्ठलगायतको अभिनय छ । चलचित्रमा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सहनिर्माण छ ।