• १३ असोज २०८१, आइतबार

‘म कमरेड’ युट्युबमा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २८ गते । लघुचलचित्र ‘म कमरेड’ युट्युबमा प्रदर्शन गरिएको छ । चलचित्रमा निर्मल पौडेलको लेखन तथा निर्देशन रहेको छ । सुर्खेतमा छायाङ्कन गरिएको चलचित्रमा पूर्वलडाकुको अवस्था चित्रण गरिएको छ । 

लकडाउनको समयमा लघुचलचित्रको छायाङ्कन गरिएको निर्देशक पौडेलले बताउनुभयो । काफिया मिडिया, कर्णाली आर्ट्स र निर्मल पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रको निर्माता रीता पौडेल र गणेश कञ्चन भारती हुनुहुन्छ । 

चलचित्रमा सुरबिना कार्की, प्रेमदेव गिरी, निर्जला सुनार, रियल विक्रमलगायतको अभिनय छ ।