• १३ असोज २०८१, आइतबार

वल्र्ड राइजिङ स्टारमा एन्जल, लोयाङ र सनिस्ता

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २८ गते । जनवरी १७ देखि २२ सम्म जर्जियाको राजधानी तिब्लिसीमा आयोजना हुने ‘वल्र्ड राइजिङ स्टार–२०२४’ मा नेपालबाट तीन प्रतियोगीले सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा ‘डिएसए स्टार’ का विजेता एन्जलबाबु कट्टेल, लोयाङ शेर्पा र सनिस्ता रेग्मीले नेपालबाट सहभागिता जनाउँदै हुनुहुन्छ ।

प्रतियोगितामा ‘वल्र्ड राइजिङ स्टार २०२३’ का विजेता प्रसुनजङ्ग पोखरेल अतिथिका रूपमा उपस्थित हुनुहुने छ । एन्जल, लोयाङ र सनिस्ता परिवर्तन इभेन्ट हाउसले काठमाडौँमा आयोजना गरेको ‘डिएसए स्टार’ का विजेता हुनुहुन्छ ।

हाउसका प्रमुख सोनिया जी आरका अनुसार एन्जल, लोयाङ र सनिस्ताले काठमाडौँमा विभिन्न किसिमकाप्रशिक्षण लिइरहनुभएको छ ।