नेपाली समाजलाई यथार्थवाद र आदर्शवादको कसीमा राखेर हेर्नुमा बढी न्यायोचित र सान्दर्भिक व्याख्या हुन्छ । समाजपरक समालोचक ‘हिप्पोलिट टेन’ ले घटना र इतिहासलाई त्यसबेलाको समय, त्यही क्षण र परिवेश अनुकूल व्याख्या गर्नुपर्ने तर्क राखेका छन् । उनका अनुसार साहित्यलाई घटना घटेको समय, बाँचेको युग र समाज अनुकूल समयोचित व्याख्या गर्नु पर्छ । यसर्थ इतिहासलाई पनि यसरी नै हेर्नु पर्छ । जातीय र सामाजिक भिन्नता तथा लेखक वा शासकले बाँचेको युगानुसार उसको इतिहासलाई व्याख्या गर्नु बढी सार्थक हुन्छ ।
जाति, आनुवांशिक गुण र युगको युगीन स्पन्दनमा इतिहास र साहित्य लेखिन्छ । हरेक युगको चिन्तन सोही युगको लोक, समाज र संस्कृतिमा आधारित हुन्छ । समालोचकीय आधारमा माक्र्सवादी चिन्तनले पनि आर्थिक, राजनीतिक तथा भौतिक चिन्तनसँग कला साहित्यसम्बन्धी मान्यता विकास भएको कुरालाई व्याख्या गरेको छ । यसर्थ प्रभाववादलाई अँगालेर यथार्थलाई बिस्र्यौं भने त्यो व्याख्या पनि अधुरो हुन्छ । नेपाली इतिहासमा पृथ्वीनारायण शाहको योगदानलाई यथार्थबाट अलग्याएर व्याख्या गर्नु वा प्रभाववादमा फसेर देवत्वकरण गर्नु दुवै विषय स्वच्छ समालोचकीय वस्तुभित्र पर्दैन । अर्को कोणमा इतिहासलाई बङ्ग्याएर आपूm अनुकूल पुmँदा गाँस्दै अहिलेको समयसँग जोडेर व्याख्या गर्नु अर्को कमजोरी हो । टेनको मान्यतालाई हेर्ने हो भने हामीले पृथ्वीनारायणकै क्षण, परिवेश र जातिसँग गएर त्यो इतिहासलाई बोध गर्नु पर्छ ।
हामी नेपालमा हुनु र नेपाली भएर गर्व गर्न पाएको धरातललाई बिर्सनु हाम्रो कमजोर मानसिकता मात्रै हो । हिजोको राष्ट्रिय स्वार्थ र आजको व्यक्ति स्वार्थ अनि आत्मप्रशंसाको भोकले हामी इतिहासलाई अपव्याख्या गर्नतिरै बढी रमाउन थाल्यौँ कि ! अर्थात् नभएका मान्छे र उहाँको इतिहासमा टीकाटिप्पणी गर्दा सहज ठान्यौँ कि ! यद्यपि हामी धरातललाई छोड्न सक्दैनौँ । यो हामीले जन्मे, हुर्के र बाँचेको धर्ती र आकाशसँग दिल साक्षी राखेर सोध्नु पनि हाम्रो कर्तव्य हो ।
चिन्तनगत चिन्ता र समाज
व्यवस्थालाई समय र सन्दर्भले बदल्छ अनि बदलिनु पर्छ पनि । इतिहास चाहिँ समय र सन्दर्भ अनुसार पृथक् हुन्छ । पृथ्वीनारायण शाह नेपाल निर्माणको इतिहास भएकैले पनि उहाँलाई सम्मान गर्नुको अर्थ राजतन्त्रको वकालत गरियो भन्ने हुँदैन । यद्यपि हिजोआज इतिहासमा जलप लगाउने भयप्रद परिवेश बढ्दो छ । केही दिग्गज भनिएकै विचारकहरूले इतिहासमा बोव्रmे कुतर्क छाँटेर अपव्याख्या गर्न रुचाएको देखिन्छ । पृथ्वीनारायणद्वारा जुन अपेक्षा वा लक्ष्यमा प्रेरित भई नेपाल एकीकरण गरिएको भए पनि हामीले उनलाई उनकै समय, समाज र सन्दर्भसँग जोडेर व्याख्या गर्नुमा बढी बुद्धिमानी ठहर्छ ।
भोलिको सुदूर यात्रामा भावी सन्तततिद्वारा बाबु बिर्सने छोरोको आरोपित इतिहास रच्न नदिनुको बुद्धिमत्तालाई बोध गरिनु पर्छ । हामीले यथार्थभन्दा पर गएर नवपुस्तामा घृणाको बिउ रोपिदियौँ भने त्यसले आपसी कलहलाई बढावा दिन्छ । इतिहासबाट सिक्ने हो तर हिजोको कुरा बोकेर आज विद्रोही बन्नुको अर्थ हुन्न । विभेदकारी बुद्धि किमार्थ रचनात्मक बन्ने खालको होइन । विगतलाई गाली गर्ने अमौलिक दर्शनका पारखीले यहाँका यथार्थ इतिहासलाई बङ्ग्याएर पाश्चात्य चिन्तनलाई देवत्वकृत तुल्याएको आरोप त्यसै लागेको होइन । यसै कारण वर्तमान समाजमा व्यक्तिगत स्वार्थको चिन्तन हाबी छ । हामी न मदनलाई बिर्सन्छौँ न त बिपीलाई नै । पूर्वाग्रह राखेर कुनै व्यवस्था नयाँ भयो भनेर नाम दिँदैमा इतिहासको सत्यता मेटाउनु पर्छ भन्नु बौद्धिकता होइन ।
हिजोबाट भोलिका लागि सिकौँ !
आज हामी विश्वशान्तिको अपेक्षामा छौँ । यो मनुष्यत्वको गुण पनि हो । दिगो विकासको योजनाभित्र सशक्त रूपमा यही आवाजले स्थान पाएको छ । विश्व समाजले ‘वसुधैव कुटुम्बकम्’ को भावमा शान्ति शिक्षाको अभिप्रायलाई अँगाल्ने चेष्टा र अभ्यास गर्न थालेको देखिन्छ । अर्कोतिर विश्वका अमेरिका, युरोप भनिएका विकसित क्षेत्रले गोर्खाली सान र स्वाभिमानलाई उँचो मान्छ । विनाश होइन, व्रmान्ति होइन बुद्धत्वको सिङ्गो सारलाई मनन गर्छ । इतिहासका पानामा पृथ्वीनारायणको दूरदर्शितालाई जाँच्छ । छिमेकी भारत र चीनलाई दुई ढुङ्गा र नेपाललाई तरुलको संज्ञा दिएर सचेतनाको गहन भाव त्यसै पोखिएन । दिव्योपदेशका पानाभरि दिगो विकास र सुशासनमा जनताप्रेमको सुगन्ध छर्लङ्ग छ । यो अपव्याख्या वा देवत्वकृत गर्नुपर्ने विषय नै होइन ।
इतिहासको गरिमालाई भाँचेर हामी महान् हुँदैनौँ । इतिहासतिर औँला ठड्याएर पनि हाम्रो भलो हुने होइन । हिजो राजतन्त्र थियो र चल्यो नै तर यसै विषयमा कुलीनतन्त्र सञ्चालन भयो भनेर आज बहस गर्नुको तुकै रहन्न किनभने आगामी समृद्धिको सतार्किक योजना आवश्यक छ । भोलिको रचनात्मक चिन्तनलाई आजले सङ्केत गर्छ । हिजोको त्यस्तो सङ्कटकालीन अवस्थामा, खान लाउन नपाउने स्थितिमा पनि टुव्रिmएका बाइसे चौबिसे राज्यलाई एउटा थुङ्गाको शोभामा राजा पृथ्वीनारायणले पूर्णता दिने महान् कार्य गरे । राष्ट्रकवि माधव घिमिरेले आफ्नो राष्ट्रियताको मर्मस्पर्शी खण्डकाव्यभित्र पृथ्वीनारायणको राष्ट्रिय भावनालाई जगाएका थिए ।
माटो जहाँको मुटुले छुँदैन,
त्यहाँ हरि या ममता हुँदैन ।
कोरल्छ चल्ला त्यति मात्र पोथी,
न्यानो भुवाले जति सक्छ छोपी ।
(माधवप्रसाद घिमिरे)
पृथ्वीनारायणले भाइको वचनलाई नमान्नु राष्ट्रिय स्वार्थ हो । केवल खिचातानी, सङ्व्रmमण र अन्योलको घनचक्करमा देश सधैँ रुमल्लिइरहँदा नेपाली र नयाँ नेपाललाई भौतिक उन्नतिमा लगेर साँघुर्याएको आभास हुन्छ । आधुनिक नेपालको मानचित्र बदल्ने ऐतिहासिक अभियानको प्रारम्भिक इतिहासलाई विसं १८०१ मा प्राप्त नुवाकोटको विजयले आरम्भ ग¥यो । तत्कालीन छिमेकी देश लमजुङ र कास्कीसँग मित्रताको हात पैmलाउँदै हातहतियार तथा सैनिक सुधार गर्ने रणनीतिको सबल प्रयास थियो– नुवाकोटमाथिको विजय । मकवानपुर विजय, कीर्तिपुरसँग तेस्रो पटकको प्रयासबाट मात्रै जालझेलबाट प्राप्त विजय होस् या मिरसिक्का अभियानमा देखाइएको वीरता आखिर त्यहाँ गोर्खाली सान र स्वाभिमानको इतिहास छ । कीर्तिपुरको युद्धमा काजी कालु पाण्डे जस्ता शूरवीर व्यक्ति मारिए । जयन्त रानाले निर्मम रूपमा छाला काढिएर मर्नु प¥यो । शूरप्रतापले कानो हुनु प¥यो । इतिहासले यही व्रmोधाग्निको प्रतिकारमा पृथ्वीनारायणद्वारा धेरैको नाककान काटेर बदला लिएको घटनालाई बोले पनि इतिहासकारको मतमा यी नेपालबाट निष्कासित व्रिmस्चियन पादरीहरूद्वारा गरिएको अपव्याख्या थियो ।
विश्वको नक्सामा सानो नेपालभित्र जब जब मनसुनी हावामा रम्छ, भूपरिवेष्टित देशले चिनिन्छ, जलाशयको खानी, सौन्दर्यकी रानी, अन्नको भण्डार भनिन्छ; तब तब नेपाली स्वाभिमानका स्वर्णाक्षरित नाम बन्छन् । यहाँ बहुजातिका परम्परा, भेष र पर्वका एकताको शृङ्गारमा स्वर्गले आफ्नो स्वरूपलाई बिर्सन्छ । यहाँ कृत्रिमताविरोधी भाव छ, त्यसैले संसारको दौलत नेपालका लागि नगन्य बन्छ । यसर्थ भन्न सकिन्छ, ‘फुर्सदमा भगवान्ले सोचेर बनाएको संसारमा कुनै ठाउँ छ भने त्यो हो नेपाल ।’ आखिर कसैले त जोड्यो नि यो अमर हृदयस्पर्शी इतिहासलाई ! आज विश्व समुदायले इतिहासका यस्ता अमर नामलाई सलोट गर्दै छ भने यो गौरवसँग हामीले रमाउन पाउनु अवसर होइन र !
विकास र एकताको शक्तिलाई चिनौँ !
२६ वर्षसम्म अनवरत युद्धभूमिमा होमिएका एक पुर्खाको जीवनीसँग नेपाली माटोको अटुट नाता छ । उनका “प्रजा योग्य भए दरबार बलियो हुन्छ । जनताले मन पराएको व्यक्तिलाई काजी दिनु पर्छ” भन्ने भावसँग राष्ट्रिय एकताभाव मुखर हुन्छ । आज संसारको एउटा बिन्दुमा नेपाल नामक देश पनि छ किनकि यहाँ पृथ्वीनारायणको एकीकरण र दूरदर्शी पौरखको गर्विलो विगत छ । उहाँका सामाजिक, न्यायिक नीतिसँग विज्ञानको जादु छ । घुस लिने र दिने दुवैलाई कठघरामा उभ्याइनु, जातविशेषले कर्म गर्न पाउने स्वतन्त्रता पाउनु, अदालतको पैसालाई दरबारमा हुल्न नचाहनु अनि जोगी, साधु, गरिबप्रतिको आदरभावले आसन पाउनुमा मानवता, स्वतन्त्रता, समानता र एकताको मधुर आवाज स्वतः गुन्जिन्छ ।
विकासका बारेमा सोच्ने हो भने त्यसबेला ‘राम्रो जमिनको घर सारेर खेती गर्नुपर्ने’, स्वदेशी कपडा लगाउने सद्प्रेरणामा र अङ्ग्रेजको कालो नीतिको चर्को विरोधी भाव, राष्ट्रिय स्वाधीनतामा, जडीबुटी बेचेर पैसा साट्ने, खानी सदुपयोग गर्ने सबै आत्मनिर्भरताका दूरदर्शी कृषि विकासको भाव रहेछ । किल्लालाई दह्रो बनाउने भावमा परराष्ट्रको कूटनीति ‘जाइकटक नगर्नु झिकीकटक गर्नु’, ‘चीनको वादशाहसँग छाहा राख्नु दक्षिणको वादशाहसँग घाहा (घाउ) त राख्नु तर त्यो महाचतुर छ’ भन्ने उक्तिभित्र राज्य र सीमारक्षाबाट सैनिक सबलता पोखिनुमा कलात्मकता छ ।