• १३ असोज २०८१, आइतबार

धनगढीका लागि उडेको जहाज सुर्खेतमा अवतरण

blog

श्री एयरलाइन्स । फाइल तस्बिर

अविनाश चौधरी
धनगढी, पुस २५ गते ।
 काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्स र बुद्ध एयरको जहाज सुर्खेत विमानस्थलमा अवतरण गरेको छ ।

मौसम खराबीका कारण धनगढी विमानस्थलमा अवतरण गर्न नसक्ने अवस्था भएपछि दुवै जहाजलाई डाइभर्ट गरेर सुर्खेत पठाइएको धनगढी विमानस्थलको टावरले जानकारी दिएको छ । मौसम सफा भएपछि सुर्खेतबाट उडेर धनगढी आउने जनाइएको छ ।

बिहान मौसम अलि सफा भएपछि धनगढी विमानस्थल खुलेको थियो । विमानस्थल खुलेकाले बिहान काठमाडौँबाट धनगढीका लागि जहाज उडेको थियो । तर जहाज धनगढी पुग्न नपाउँदै मौसम खराब भएपछि अवतरणका लागि सुर्खेत पठाउनु परेको जनाइएको छ । हुस्सुका कारण भिजिबिलिटी कम भएपछि अहिले धनगढी विमानस्थल बन्द रहेको छ ।