• २० असोज २०८१, आइतबार

तानसेनमा योमरी महोत्सव

blog

योमरी महोत्सवको उद्घाटन कार्यक्रममा सहभागीहरू । तस्बिर : रेखीराम राना

रेखीराम राना

तानसेन, पुस ७ गते । नेवार समुदायमा प्रचलित योमरी पर्वको जर्गेना गर्ने उद्देश्यले तानसेनमा योमरी महोत्सवको आयोजना गरिएको छ । तानसेनका स्थानीय बासिन्दाको सक्रियतामा नेवारी संस्कृतिको जर्गेना गर्ने उद्देश्यले ‘योमरी महोत्सव’ गरिएको हो । 

टक्सारटोलस्थित मैत्री कल्व र तानसेन नगरपालिकाको आयोजनामा आज शनिबार ‘योमरी महोत्सव’ गरिएको क्लबका अध्यक्ष मनिता शाक्यले जानकारी दिनुभयो । नेवार समुदायमा परम्परादेखि प्रचलित योमरी पर्व लोप हुने अवस्थामा पुगेकाले त्यसको जर्गेना गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको उहाँले बताउनुभयो । 

नयाँ पुस्तालाई परम्परागत संस्कृतिका बारेमा चासो घट्दै गएकाले संस्कृतिको पुस्ता हस्तान्तरणका लागि महोत्सवले सहयोग पुग्ने तानसेन नगरपालिकका प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । नगर सरकार स्थानीय कला, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रबद्र्धनमा लागेको जानकारी दिनुभयो ।  

महोत्सवमा नेवारी संस्कृति सहित नृत्य तथा कला प्रदर्शन, नेवारी खानाको परिकार योमरी लगायतको स्टल रहेका छन् । महोत्सवमा परम्परागत परिकार योमरी बनाउने सिकाइने, योमरीको महत्व तथा फाइदाका बारेमा समेत जानकारी दिइएको मैत्री क्लबका सचिव विनु थापाशाक्यले बताउनुभयो ।