• १२ साउन २०८१, शनिबार

स्टेज रेस च्यालेन्जमा मानबहादुर र छोकी च्याम्पियन

blog

काठमाडौँ, मङ्सिर २३ गते ।  ट्रायलमान्डुको आयोजनामा शनिबार नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको दोस्रो चरण सम्पन्न भएको छ। 

गुर्जे भञ्ज्याङमा सुरु भएर झुलेमा सम्पन्न भएको ३३ किमी दौडमा पुरुषतर्फ मानकुमार रोका मगर र महिलातर्फ छोकी शेर्पा पहिलो हुनुभयो।  मानबहादुरले ३ घन्टा चार मिनेट ०९ सकेन्डमा दौड पूरा गर्नुभयो।  यसैगरी श्याम मगराती (३.१३:१३ सकेन्ड) दोस्रो र अशोक बराम (३.१६:०० सकेन्ड) तेस्रो स्थानमा रहनुभयो। 

महिला तर्फ गत हप्ता इन्डोनसियामा भएको एसिया ट्रेल मास्टरमा सहभागिता जनाएकी छोकी चार घन्टा सात मिनेट दुई सकेन्ड समय लगातार च्याम्पियन बन्नुभएको हो।  सो स्पर्धामा फ्‍लु माउन्ट जोय (४.३६:००) उपविजेता बन्नुभयो भने जाये फे स्टोरिच (४.५३:०८) तेस्रो स्थानमा रहनुभयो। 

सो स्टेज रेस च्यालेन्समा ९७ खेलाडीको सहभागिता रहेको थियो।  जसमा अमेरिका, फ्रान्स, बेलायत, इन्डानेसियालगायतका ३० जना विदेशी धावकधाविकाको सहभागिता रहेको थियो।