• २८ पुस २०८१, आइतबार

संसद्को वर्षे अधिवेशनमा सांसदलाई १५ दिनको मात्रै तलब दिए पुग्ने अवस्था देखियो: महामन्त्री शर्मा

blog

काठमाडौँ, कात्तिक १९ गते । नेपाली काँग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले संसद्को वर्षे अधिवेशनमा सांसदहरूलाई पन्ध्र दिनको मात्रै तलब दिँदा पुग्ने अवस्था देखिएको बताउनुभएको छ । 

दिन गुजारेको हिसाबले करिब ६ महिनाको तलब लिए पनि कामको परिणामको हिसाबले १५ दिनको मात्रै तलब दिँदा पुग्ने खालको अवस्था देखिएको बताउनुभएको हो । महामन्त्री शर्माले सांसदलाई प्रभावकारी बनाउन आफूले पनि सांसदको रूपमा पर्याप्त काम गर्न नसकेको स्वीकार गर्नुभयो । उहाँले संसद्को वर्षे अधिवेशनमा उपलब्धि कम हुनुमा सरकारको अल्छीपना र प्रमुख प्रतिपक्ष एमालेको आवेगपनले पनि काम गरेको बताउनु भयो । उहाँले उपलब्धिका दृष्टिले संसद्को वर्षे अधिवेशन कमजोर देखिए पनि अनुभव भने प्रशस्त भएको र त्यसले संसद्को आगामी अधिवेशनहरूलाई चाहिँ अझ प्रखर, प्रभावकारी, परिणाममुखी र उपलब्धिमूलक बनाउनुपर्ने आत्मा बोध भएको पनि पटक पटक दोहोर्याउनु भयो ।

महामन्त्री शर्माले भन्नुभयो, ‘हामी यो संसदीय परिपाटीलाई व्यवस्थालाई परिमार्जन गर्ने र अवस्थालाई परिवर्तन गर्ने भन्ने मनोविज्ञानमा छौँ । त्यसमा दृढ छौँ । व्यवस्थालाई परिमार्जन गर्ने सन्दर्भमा पनि परिमार्जित सुसंस्कृत व्यवहारहरू हामीले यस बिचमा प्रस्तुत गरेका छैनौँ संसद्मा । म अमुक दललाई, अमुक सरकारलाई भनिराख्ने कुरा भन्दा पनि समग्रतामा भन्दै गर्दा खेरी त्यो ढङ्गको सन्देश प्रवाह गर्न हामी सफल भएनौँ । कतिपय बेला संसद्मा रोष्टमहरु एकले अर्कोलाई खसाल्ने ढङ्गले प्रयोग गर्यौं । कतिपय बेला सांसदलाई बहसको थलो, बैचारिकताको थलो बनाउने भन्दा पनि घटना पिच्छे अवरोध गर्ने, सांसदलाई चल्नै नदिने । अनि त्यसपछि निर्णयको खोजी गर्ने । यो कर्म गर्यौं । कतिपय बेला संसद्मा कोरम नपुगेर पनि हामीले सांसदलाई गुजारिदियौ । बहसका लागि छलफल शुरु हुँदा त्यसमा घनिभूत छलफल भएनन । कतिपय बेला आवेगहरु पनि प्रस्तुतु ग¥यौं । कतिपय बेला हामीले रोष्टममा उभिएर तिक्त हुने खालको अभिव्यक्तिहरु पनि राख्यौं । यस हिसाबले चाहिँ यो बितेर गएको सांसदलाई एउटा सांसदको रूपमा म आत्मा आलोचना पनि गर्दछु । हामीले यसलाई प्रभावकारी र परिणाममुुखि बनाउन नसकेकोमा । तर सगैमा फेरी के हो भन्दाखेरी कोही बेला कस्तो हुन्छ भने सूरुवात एकदमै राम्रो भएर गयो । तर पछाडि परिणाम नराम्रो आउने पनि हुन्छ । त्यसैले यो संसद्को अवधि पाँच वर्षको हो । यो पहिलो किस्ता जे छ ।

यसबाट आत्मा आलोचित हुनुपर्ने, केही सिक्नुपर्ने, पहिलो किस्ताबाट केही करेक्सनको सन्दर्भमा आत्मा बोध गर्नुपर्ने कुराहरू भएको छ । त्यस हिसाबले यो ससंद एउटा अनुभवको हिसाबले महत्त्वपूर्ण हुँदाहुँदै पनि उपलब्धिको हिसाबले धेरै महत्त्वपूर्ण भयो भन्ने मलाई लाग्दैन । यद्यपि अव मैले भन्न त्यति नमिल्ला । तर मान्छेले जति काम गर्छ । कामको परिणाम अनुसार यदि पारिश्रमिक दिने हो भने दिन गुजारेको हिसाबले २, ४, ६ महिनाको तबल प्राप्त गर्नु एउटा कुरा हो । लिनु एउटा कुरा हो । तर, त्यो समयमा बिचमा तिमीले परिणाम देशका सामुन्ने के पस्कियौँ भन्ने कोणबाट चाहिँ छुट्टाएर तलब दिनुपर्यो भने केवल १५ दिनको मात्रै तलब दिँदा पुग्ने खालको अवस्था देखिएको छ ।  त्यस कारण यो प्रकारको संसद् चलाउने कुरा सरकारले आफूलाई करेक्सन गर्नुपर्छ । सांसदलाई पर्याप्त बिजनेस दिएर सरकार जानुपर्छ । जुन विधेयकहरू पाईपलाईनमा बसेका छन् । त्यसलाई टुङ्ग्याउने अबको दिनमा जानुपर्छ । प्रतिपक्षले हरेक विषयमा संसद् अवरुद्ध गर्ने र आवेगबाट चल्ने त्यसले चल्दैन । 

पुराने भन्ने दलको पनि उही शैली, नयाँ भनिएका दलहरूको पनि उही शैली, सरकारको उही अल्छीपना अनि प्रतिपक्षको पनि आवेगपनले चाहिँ संसदीय परिपाटीलाई बलियो बनाउँदैन । त्यस कारण यो बितेको सांसदबाट लिनुपर्ने शिक्षा, गर्नुपर्ने करेक्सन, गर्नुपर्ने आत्मा आलोचनाका केही विषयहरू छन् । अनुभव प्रशस्त प्राप्त भएको छ । उपलब्धि कम प्राप्त भएको छ । तर जे अनुभव प्राप्त भएको छ । त्यसको जगमा म आशा के गरेर जान सक्छु भने आगामी सांसदलाई चाहिँ अझ प्रखर, प्रभावकारी, परिणाममुखी, उपलब्धिमूलक संसद् बनाउने आत्मा बोध चाहिँ भएको छ ।’

महामन्त्री शर्माले नयाँ भनिएका दलहरूको गतिविधिले पनि संसदीय परिपार्टीलाई बलियो बनाउने अवस्था नदेखिएको बताउनु भयो ।