• २ माघ २०८१, बुधबार

एनसेलद्वारा भूकम्पपीडित राहत कोषमा ५० लाख सहयोग

blog

काठमाडौं, कात्तिक १८ गते । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले भूकम्पपीडित राहत कोषमा ५० लाख सहयोग गर्ने भएको छ । कर्णाली प्रदेशको मुख्यमन्त्री राहतकोषमा सो रकम जम्मा गर्ने निर्णय गरिएको एनसेलका कानुनी तथा नियामक निकाय प्रमुख विशाल उपाध्यायले जानकारी दिनुभयो ।

त्यस्तै, एनसेले भूकम्प प्रभावित क्षेत्रमा ४० लाख बराबरको भ्वाइस र र डाटा निःशुल्क गर्ने निर्णय गरेको पनि जानकारी दिएको छ । यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भूकम्प प्रभावित क्षेत्रमा आवश्यक सहयोग गर्न र सेवा सुचारु गर्न निजी क्षेत्रका सेवा प्रदायकहरूलाई आग्रह गरेको थियो ।