• २ माघ २०८१, बुधबार

पूर्व राष्ट्रपति यादवद्वारा उद्धार र राहतमा जोड दिन आग्रह

blog

पूर्व राष्ट्रपति डा. रामवरण यादव

काठमाडौं, कात्तिक १८ गते । पूर्व राष्ट्रपति डा. रामवरण यादवले जाजरकोट भूकम्पबाट भएको जनधनको क्षतिबाट आफू अत्यन्त दुःखी भएको बताउनुभएको छ । 

उहाँले तीनै तहका सरकार, राजनीतिक दल, सामाजिक कार्यकर्ता र स्थानीयवासी सबैलाई उद्धार र राहत कार्यमा जुट्न अपिल पनि गर्नुभएको छ ।

पूर्व राष्ट्रपति यादवले भन्नुभएको छ, ‘‘जाजरकोट भूकम्पबाट निधन हुने र घाइतेको सङ्ख्या बढ्दै गर्दा म निकै मर्माहत र दुःखी भएको छु । निधन भएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । साथै तीनै तहका सरकार, राजनीतिक दल, सामाजिक कार्यकर्ता र स्थानीयवासी सबैलाई उद्धार र राहत कार्यमा जुट्न अपिल पनि गर्दछु ।’’

शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मर्नेको सङ्ख्या १३३ पुगेको छ ।  नेपाली प्रहरीका अनुसार शनिबार बिहान १०ः३० बजेसम्मको जानकारी अनुसार १३३ जनाको मृत्यु भएको छ भने १४० जना घाइते भएका छन् । 

जसमा जाजरकोटमा भूकम्पबाट ९५ जनाको निधन भएको छ भने ५५ जना घाइते भएका छन् ।

यसैगरी,  रुकुम पश्चिममा ३८ जनाको निधन भएको छ भने ८५ जना घाइते भएका छन् । थप विवरण आउने क्रम जारी छ ।