• २५ असार २०८१, मङ्गलबार

महासचिव गुटेरेस पुलचोकस्थित संयुक्त राष्ट्रसङ्घ भवनमा

blog

काठमाडौँ, कात्तिक १३  गते ।  संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस ललितपुरको पुलचोकस्थित संयुक्त राष्ट्रसङ्घ भवनमा आयोजित स्वागत समारोहमा सहभागी हुनुभएको छ ।

राष्ट्रसङ्घको नेपालस्थित कार्यालयका तर्फबाट आयोजना गरिएको स्वागत समारोहमा महासचिव गुटेरेस र संयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत निकाय, कोष तथा कार्यालयका प्रतिनिधिहरू, कर्मचारी सहभागी हुनुहुन्छ । चारदिने नेपालमा भ्रमणका क्रममा रहनुभएका महासचिव गुुटेरेस आज संयक्त राष्ट्रसङ्घको भवनमा पुग्नुभएको हो ।  रासस