• २० असोज २०८१, आइतबार

राष्ट्रपति पौडेलले ९१ वर्षीया भाउजूको हातबाट टिका ग्रहण गर्नुहुने

blog

काठमाडौँ, कात्तिक ४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षिया भाउजू विष्णुमाया पौडेलको हातबाट यस वर्षको विजया दशमीको टिका ग्रहण गर्नुहुने  भएको छ । राष्ट्रपति पौडेलले बिहान ११ बजेर २ मिनेट जाँदा भाउजू विष्णुमाया पौडेलको हातबाट टिका जमरा र आर्सीवाद लिनुहुने राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । 

राष्ट्रपति पौडेलले भाउजूको हातबाट टिका जमरा र आर्सीवाद लिएपछि परिवारका सदस्यहरूलाई टिका लगाइदिने कार्यक्रम रहेको छ । यसैबिच राष्ट्रपति पौडेलले विजया दशमीको दिन सर्वसाधारण तथा अति विशिष्ट र विशिष्ट व्यक्तिहरूलाई समेत टीका दिने कार्यक्रम रहको छ । उहाँले विजयादशमीका दिन राष्ट्रपति कार्यालयमा अपराह्न २ः०० देखि ३ः०० बजेसम्म विशिष्ट र ३ः०० देखि ५ः०० बजेसम्म सर्वसाधारणलाई टीका–जमरा लगाइदिनुहुने छ । 

राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार पोखरेलले सर्वसाधारणलाई टिका लगाउनका लागि राष्ट्रपति भवनको मूल ढोकामा सहज रूपमा प्रवेशको व्यवस्था गरिएको बताउनुभयो । टिका ग्रहणका लागि मर्यादित पोसाकमा आउन समेत राष्ट्रपति कार्यालयले आग्रह गरेको छ ।