ऋषि महर्षिहरूले ज्ञानको प्रयोगशालामा पत्ता लगाएको आविष्कार हो– गोत्र । अतः यसको विज्ञान सामान्य विज्ञानभन्दा पर छ । यसको स्वरूप पवित्र छ, आध्यात्मिक छ र तेजवान् छ । ‘गोत्रमिन्द्राणि मे रक्षेत् !’ अर्थात् ‘इन्द्राणी’ देवीले मेरो गोत्रको रक्षा गरून् । दुर्गाकवचमा देवताहरूले गोत्र रक्षाका लागि देवीसँग गरिएको यो याचनाले पनि गोत्रको तेज र पवित्रतालाई स्पष्ट पार्छ । अनि गोत्र असुरक्षित हुन सक्ने तथ्यलाई पनि माथिकै श्लोकांशले खुलस्त पार्छ ।
वरिपरिका परिवेशमा निरन्तर घटित सूक्ष्म र स्थूल घटनाका विवरणहरू इन्द्रियहरूमार्फत हाम्रा मनमा पुगेर भण्डारण हुन्छन् । यदि विवरण खराब छन् भने यिनीहरूले मनलाई भ्रमित पार्छन् । फलतः बुद्धि र विवेक आआफ्ना आत्मिक स्थितिबाट झर्छन् । यसको परिणाम गोत्र भोकाएकाहरू सिंहको जङ्गलमा हराएको एक्लो गाई जस्तै असुरक्षित हुन्छ । हाम्रा शास्त्रज्ञहरूले गोत्रलाई (‘गो’ अर्थात् ‘इन्द्रिय’ र ‘त्र’ अर्थात् रक्षा गर्ने’) इन्द्रियहरूको आघातबाट रक्षा गर्ने भनेर पनि व्याख्या गरेका छन् । यसर्थ गोत्रले स्पष्टसँग ऋषितìवलाई सङ्केत गर्छ ।
ऋषि भनेको पवित्रताको उत्कृष्ट विम्ब हो । यही पवित्रताको अवस्थामा गोत्र रक्षित् हुनु पर्छ । अन्यथा यसको उल्टो परिणाम मानिसलगायतका जीव–वनस्पतिहरू आफ्ना पावन स्थितिबाट पतीत हुँदै अन्त्यमा लोप हुनु हो । अतः गोत्रलाई बाहिरका भौतिक झिलिकमिलिकका प्रभावले विकृत हुनबाट बचाउनु पर्छ । गीताको अध्याय– १ को अन्तिम श्लोकहरूमा पनि अर्जुनले कुलको नाशबाट उत्पन्न दोषहरूले सनातन कुलधर्म नष्ट हुन्छ भनेर कृष्णसँग यही गोत्र बचाउको आह्वान गरेका हुन् । यसरी गोत्रको रक्षा गर्नु नै जीवनको अस्तित्वलाई रक्षा गर्नु हो । गोत्र भनेको ‘वंशोद्गम विन्दु’ अर्थात् सृष्टिको ‘आदिविन्दु’ हो ।
पिता पुर्खादेखिको एउटै थर, गोत्र–सम्बन्ध आदिको घरानालाई ‘कुल’ भनिन्छ । आनुवंशिक विज्ञानमा कुलतत्वलाई ‘वंशाणु गुण’ नामले चिनिन्छ । यो आदिपुर्खादेखि आफ्ना सन्तानमा सर्दै जाने जैविक विरासत हो । आनुवंशिक विज्ञानले भनेको छ, “शुद्ध गुणहरूमा अनन्त पटकसम्म वंशानुगत हुने सामथ्र्य हुन्छ ।” परन्तु वातावरणीय विकृतिहरूका कुप्रभावले भावी जाति–प्रजातिहरूका उच्च गुणहरूमा बिस्तारै ह्रास आउन थाल्छ । त्यस अनुरूपका जीवहरू आफ्नो पुरानो पुख्र्यौली वातावरणमा टिक्न सक्दैनन् । उनीहरूले अरूको कर्तव्य पालना गर्न सक्दैनन् । अतः उनीहरूमा जीवनको गति घट्दै जान्छ । त्यसपछि शरीरमा आलस्य आउन थाल्छ ।
अतः आफ्नो अस्तित्व रक्षाका लागि उनीहरूले आफ्नो परिवर्तन अनुकूलको नयाँ वातावरण खोज्न थाल्छन् तर उनीहरूले भन्दाभन्दै आफू अनुकूलको वातावरण पाउन सक्दैनन् । फलतः तिनीहरूको जातीय सामथ्र्य कमजोर हुँदै अन्ततः गायब हुन्छ । यस कारण अरूका लागि कर्तव्य गर्नुभन्दा आफ्नै कर्तव्य वा गोत्रमा रहनु र त्यसैको सेवामा आजीवन जुट्नु श्रेयष्कर हो । यसो भनिए पनि हाम्रा सनातन शास्त्रले हामीलाई एउटै गोत्रमा विवाह गर्न निषेध गरेका छन् । अलगअलग गोत्रमा विवाहको आदेश गरेका छन् ।
‘ॐ पूर्णमदः पूर्णमिदं पूर्णात्, पूर्ण मुदच्यते,
पूर्णस्य पूर्णमादाय, पूर्ण मेवा वशिष्यते ।’
ईशावास्योपनिषद– शान्ति पाठमा उल्लिखित उक्त मन्त्रले परब्रह्म पुरुषोत्तम परमात्मा सबै प्रकारले सदा सर्वदा परिपूर्ण हुन्छन् । उनको यही पूर्णताबाट अनेकौँ पूर्ण उत्पत्ति हुन्छन् । अर्थात् पूर्ण अनन्तबाटै पूर्ण अनन्तको उत्पत्ति हुन्छ । पूर्णमा पूर्ण जोडे पनि, घटाए पनि, भाग गरे पनि ण्ंण् . ण्, ण्(ण्.ण्, ण्÷ण्.ण् जस्तै पूर्ण नै हुन्छ भने जस्तै गोत्र पनि पवित्रताको त्यस्तै पूर्ण रूप हो । अतः शास्त्रले निर्देश गरेका भिन्न गोत्रबिच बिहे गरेर जन्मेका सन्तान सबै शुद्ध गुणले परिपूर्ण हुन्छन् । थुप्रै इन्द्रेणी विशेषताले शोभिन्छन् ।
उही गोत्रमा बिहे गरेर जन्मेका सन्तानमा आलस्यता बढी हुन्छ । आलस्यताको परिणाम रोगसँग लड्न नसक्नु, सन्तान गतिला नजन्मिनु र जन्मे पनि बुद्धि भ्रष्ट भएका जन्मिनु जस्ता रचनात्मक गुणविहीन हुन्छन् । अतः शास्त्रले एउटै गोत्रमा बिहे गर्न वर्जित गरेको हो । लोकोक्ति नै छ– जात र वीर्य नमिलेकासँग बिहे नगर्नू । यहाँ जातको अर्थ गोत्र र वीर्यको अर्थ संस्कृति–वाहक हो, जुनमार्फत पितापुर्खाका संस्कृतिहरू सन्तानमा सर्छन् । संस्कृति मिलेन भने संस्कार मिल्दैन । अनि अमिल्दो संस्कारमा जन्मिने सन्तानलाई परधर्मो भयावहः का कारण अस्तित्वमा टिक्न सकस हुन्छ ।
गोत्र आध्यात्मिक विमान हो; जो भौतिक विमानभन्दा निकै गतिशील हुन्छ । यहाँ धर्म भनेर त्यही गोत्रलाई भनिएको हो । मानवलगायतका जीव, वनस्पतिमा हुन सक्ने भयावहका यस्तै सम्भावनाबाट पृथ्वीमा जीवहरूको सबलतालाई बचाउन हाम्रा आदिपुर्खाहरूले हरतरहका अध्ययन, अनुसन्धान र अभ्यास गरेका थिए । गोत्र विज्ञान उनीहरूको यस्तै अभ्यासको महान् प्राप्ति र वैज्ञानिक संस्कार हो । अतः हामी सबै विशेष संस्कार लिएर जन्मेका हुन्छौँ । तिनै संस्कार अनुसार हामीले बुद्धि र विवेकको प्रयोग गर्छाैं । हामी कुन मूलका हौँ ? कुन खलकका हौँ ? हाम्रो उत्पत्तिको स्रोत के हो ? हाम्रो यो महान् यात्रा कहाँबाट आरम्भ भयो ? यी कुराबिना हाम्रो परिचय अपूर्ण हुन्छ । अतः गोत्र यिनै प्रश्नका उत्तरसहितको हाम्रो पूर्ण विस्तारित परिचय हो । सन्तान भनेको सनातनलाई तान्ने बलियो रस्सी हो र तानिने गुण गाई अर्थात् पवित्र वंशाणु तìव हो, जो आनुवंशिक विज्ञानका अनुसार सबै मानिसमा एउटै क्रममा व्यवस्थित हुन्छन् । लगभग ९९.९ प्रतिशत सबैको डिएनए अनुव्रmम समान हुन्छ । यो आनुवंशिक कोडको ०.१ प्रतिशत हो, जुन मानिसहरूबिचको सबै भिन्नताका लागि खाता हो । हामीबिचको यिनै केही भिन्नताले हामी प्रत्येकलाई अद्वितीय बनाउँछ । त्यही अद्वितीय तìव भनेको गोत्र हो ।
वास्तवमा वंशाणु तत्वमा अनेकौँ रहस्य छिपेका हुन्छन् । जन्मले आफ्ना पितापुर्खामा भएका केही गुणहरूदेखि तिनीहरूमा हुँदै नभएका गुणहरू पनि यसमा भेटिने गरेका प्रमाणहरू आनुवंशिकविद्हरूले पत्ता लगाएका छन् । यस्ता रहस्यले हामीहरू पूर्वजन्मका कर्मका नियन्त्रण र नेतृत्वद्वारा निर्देशित छौँ भन्ने पराविज्ञानको विचारलाई पुष्टि गर्दछन् । यही पराविज्ञानको अध्ययनशास्त्र हो – क्वान्टम सिद्धान्त ।
आनुवंशिकविद् डा. सडन ह्यामरको सन् २००४ मा प्रकाशित ‘द गड जीन ः हाउ फेथ इज हार्डवाइर्ड इन्टु आवर जीन्स’ पुस्तकमा मानव आध्यात्मिकता वंशाणुबाट प्रभावित छ भनेर प्रस्ताव गरिएको छ । हाम्रो वंशाणुभित्र एक विशिष्ट वंशाणु तìव – द गड जीन हुन्छ, जसलाई भेसिक्युलर मोनोमाइन ट्रान्सपोर्टर–२ (भिएमएटी२) भनिन्छ । त्यसले मानिसलाई आध्यात्मिक वा रहस्यमय अनुभवहरूतर्फ अग्रसर गर्छ ।
यो ‘देवाणु’ (द गड जीन) परिकल्पना अनुसार धार्मिक विश्वासप्रतिको यो झुकाव कुनै संयोग होइन । यो हाम्रो वंशाणुका कारण राम्रो मापनमा भएको हो भनेका छन् । वंशाणु भिएमएटी२ मा आध्यात्मिकताको अन्तर्निहित प्रवृत्ति हुनु भनेको अनौठो हो । उनी तर्क गर्छन्– आध्यात्मिक विश्वासले मानिसलाई उद्देश्य र साहस अनि कठिनाइ र हानिलाई जित्ने इच्छा प्रदान गरेर विकासवादी लाभ प्रदान गर्न सक्छ । त्यसो त विज्ञानमार्फत हामीले अव्यक्त अवस्थामा रहेका ज्ञानहरू प्राप्त गरेका छौँ । तथापि, विज्ञानका यी आविष्कारहरू हाम्रो वैदिक विज्ञानलाई उछिनेर जान सकेका छैनन् ।
यसर्थ वंशाणु ः भिएमएटी२ त्यही पवित्र शक्तिशाली तत्व हो । गोत्रको विराट स्वरूप हो । वैदिककालमा जसले गोत्रको अध्ययन, अनुसन्धान र महìव बुझे ती महान् श्रद्धेय आदिवैज्ञानिकलाई गोत्रऋषि भनिन्छ । गोत्र हरेक मानिसले हिँड्नैपर्ने बाटो हो । मानिसको आफ्नोपनको साक्षी हो र जीवनदर्शन हो भनेर जसले सृष्टिको आदि समयदेखि नै प्रयोग गर्न वा अनुसरण गर्न हुकुम गरे, ती ऋषिलाई गोत्र–प्रवर भनिन्छ । यसले हामीलाई हामी कसका वा कुन ऋषिका सन्तान हौँ भनेर जानकारी दिन्छ । यस प्रकार गोत्र र प्रवर, ऋषि परम्पराबाट चल्दै आएका हुन् भने थर चाहिँ कार्य, स्थान, व्यवसाय आदिका आधारमा निर्धारण गरिएका हुन् । सृष्टिको चर्खामा अनेकौँ कल्प, मन्वन्तर र युग घुमिसकेका छन् । पद्मकल्प, वराहकल्प, स्वायंभुव मन्वन्तर, स्वारोचिष मन्वन्तर हुँदै अहिले कलियुग चलिरहेको छ । गोत्रप्रवरको चर्चा गर्दा मूल प्रसङ्ग मन्वन्तरको आउँछ । पूर्वीय मान्यता अनुसार चार युगको एक चतुर्युग, हजार चतुर्युगको एक कल्प र एक कल्पमा चौध मन्वन्तर हुन्छन् । १४ मन्वन्तर सकिएपछि ब्रह्माको १२ घण्टा अर्थात् दिवासमय समाप्त हुन्छ अनि प्रलय हुन्छ, जुन ब्रह्माको एक रात हो । त्यसपछि पुनः नयाँ सृष्टिको आरम्भ हुन्छ ।
यी हरेक मन्वन्तरमा अलगअलग मनु हुन्छन् । एक मनुले भोग गर्ने समयावधि एक मन्वन्तरको हुन्छ । मनु हरेक मन्वन्तरका आदिमानव हुन् । आजसम्म स्वायंभुव, स्वारोचिष, उत्तम, तामस, रैवतक र चाक्षुष गरी छ मनुले सृष्टिको पूर्णभोग गरिसकेका छन् । अहिले चलिरहेको कल्प श्वेतवराह कल्प हो र यति बेला वैवस्वत मनुले सृष्टिको भोग गरिरहेका छन् । यसैले यो मन्वन्तर वैवस्वत मन्वन्तर हो । यही मन्वन्तर नै आज हामी मानवजातिको वर्तमान हो । बाँकी भविष्यका सात मन्वन्तर वा मनुहरू हुन्– सावर्णि, दक्षसावर्णि, ब्रह्मसावर्णि, धर्मसावर्णि, रुद्रसावर्णि, देवसावर्णि र इन्द्रसावर्णि ।
शास्त्रका अनुसार प्रत्येक मन्वन्तरका अलगअलग सप्तर्षिहरू हुन्छन् । यस समयका हाम्रा आदि पुर्खा वैवस्वत मनु हुन् । यहीँबाट हाम्रो गोत्रको आरम्भ भई मनुका पवित्रोत्तम पवित्र गुणहरू सप्तर्षिमार्फत मानव जातिमा प्रसारण भएका छन् । वास्तवमा सप्तर्षिहरू गोत्रवाहक हुन् । श्रीमद्भागवत महापुराणमा वैवस्वत मनुका सप्तर्षि (कश्यप, अत्रि, वशिष्ठ, विश्वामित्र, गौतम, जमदग्नि र भरद्वाज) लाई उल्लेख गरिएको छ । यिनै ऋषिहरू आदिम वंशपुरुष हुन् । वंशाणु तìव हुन् । यिनैले हामीलाई हाम्रा आचरण र आचरणलाई नियति र नियन्त्रणका संस्कारहरू सिकाउँछन् । अतः गोत्र हामी समस्त मानव जातिको श्रद्धाको वस्तु हो । आनुवंशिक तìवले मानिसलाई ठुला जोखिमबाट बचाउन सहयोग गर्छन् ।
ठाउँ अनुसारका भिन्न भाषाका कारण विश्वव्यापी रूपमा जीव पहिचान गर्न र प्रजातिहरूको वंशजरो यकिन गर्न गाह्रो हुन्छ । यही कठिनाइ हटाउन कारोलस लिन्निएसले आफ्नो अध्ययन र अनुसन्धानमार्फत आधुनिक जगत्मा नामकरणको द्विपदीय प्रणाली (बाइनोमियल सिस्टम अफ नोमन्क्लचर) लाई सर्वप्रथम व्यवहारमा ल्याए । यसका अनुसार हरेक जीव वनस्पतिका नामलाई सामान्य नाम र विशिष्ट उपनाम गरेर दुई नाममा वर्गीकरण गरिन्छ, जसमध्ये पहिलो नामलाई आनुवंशिक नाम र दोस्रो नामलाई प्रजातीय नाम भनिन्छ । जस्तै ः मान्छेको द्विपदीय नाम होमोसपिन्स हो, जसमध्ये होमोले आनुवंशिक नाम र सपिन्सले प्रजातीय नामलाई बुझाउँछ । यस्तै बाघको प्यान्थेरा टिग्रिस हो ।
यो प्रणालीको आनुवंशिक नामले अहिलेसम्म वैज्ञानिकलाई जीव–वनस्पतिको एकमुष्ठ उद्गमविन्दु पत्ता लगाउन सहयोग पु¥याएको छ । यसलाई अझ सूक्ष्म रूपमा अथ्र्याउँदा गोत्रलाई पहिल्याउन सजिलो बनाएको छ । जस्तो कि एउटै आनुवंशिक नाम– होमो अन्तर्गत विश्वका प्रमुख मानवजातिहरू– आर्यन, मङ्गोल, द्रविड, भारोपेली, यहुदी, आर्मेनियाली आदि पर्दछन् भने प्यान्थेरा अन्तर्गत बिरालो, चितुवा, बाघ र सिंह पर्छन् । यस्तै बाँकी सबैको हुन्छ । भोलिका दिनमा अरू नयाँ कारोलस लिन्निएसहरू जन्मिने छन् र यस्तै अरू विकसित प्रणालीमार्फत होमोभित्र वैदिक विज्ञानले भने जसरी सात गोत्र ऋषिबाट अझै पर हामी सबैका आदिपुर्खा– मनुलाई समेत पत्ता लगाउने छन् । किनकि विज्ञानले नामकरणको द्विपदीय प्रणालीमार्फत वैदिक विज्ञानले निर्देश गरेको वंशमार्गमा एक पाइला हिँडिसकेको छ र यही मार्गमा हिँड्दै जाँदा सप्तऋषि अनि मनु– वैवस्वतलाई अवश्य भेट्ने छन् ।