• १२ पुस २०८१, शुक्रबार

राष्ट्रपतिद्वारा आयोजित सर्वदलीय बैठक सुरु

blog

राष्ट्रपति कार्यालयमा आयोजित बैठकमा उपस्थित राजनीतिक दलका प्रतिनिधिहरु । तस्बिरः गोरखापत्र

काठमाडौँ, भदौ ५ गते। राष्ट्रपति रामचन्द्र पौडेलले आह्रवान गर्नुभएको सर्वदलीय बैठक राष्ट्रपति कार्यालयमा सुरु भएको छ । सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई राष्ट्रपति पौडेलले बैठकमा बोलाउनुभएको हो । 

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार बैठक बिहान साढे ८ बजेका लागि राष्ट्रपति पौडेलले आह्वान गर्नुभएको हो। सङ्घीय संसद् बैठकमा लामो समयदेखि देखिएको गतिरोध अन्त्यका लागि शीर्ष नेतासँग भेटवार्ता गरिसक्नुभएका राष्ट्रपति पौडेलले सर्वदलीय बैठक आह्वान गर्नुभएको हो।