रवीन्द्र उप्रेती
बर्दिबास, साउन २४ गते । गौशाला–५ स्थित बजार क्षेत्रमा रहेको प्रेसमा आगो लाग्दा लाखौँ मूल्य बराबरको क्षति भएको छ । प्रहरीकाअनुसार स्थानीय चन्दनकुमार गुप्ताले सञ्चालन गरेको हिमालय अफसेट प्रेसमा बुधबार आगो लाग्दा मेसिनसमेत १० लाख मूल्य बराबरको क्षति भएको सञ्चालकको दाबी छ ।
विधुत सट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । आगलागीको जानकारी पाएलगतै घटनास्थल पुगेको स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले बताउनुभयो ।