• १३ साउन २०८१, आइतबार

ओखलढुङ्गाको चम्पादेवीमा पहिरो जाँदा चार जनाको मृत्यु २५ बढी घर बगायो

blog

उद्धारमा खटिएका स्थानीयवासी र सुरक्षाकर्मीहरू । तस्बिर: जाङबु शेर्पाको फेसबुक लाइभबाट

काठमाडौँ, असार ८ गते । ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा नम्बर ८ गुरुङ बस्तीमा पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने २५ वटा भन्दा बढी घर बगाएको छ । बिहीबार राती ११ बजे गएको पहिरोमा परी २० भन्दा बढी चौपायासमेत बगाएको वडा नम्बर ८ का अध्यक्ष खड्गबहादुर राउतले जानकारी दिनुभयो । 

सङ्घीय सांसद रामहरि खतिवडाले माथिबाट आएको पहिरोले चार जनाको निधन हुनुका साथै चौपाया र घर जग्गामा बढी क्षति पुराएको छ, स्थानीय स्तरमा उद्धारको प्रयास जारी रहेको बताउनु भयो । पहिरोमा परी मृत्यु हुनेमा एकै परिवारका चार जना रहेको राउतले जानकारी दिनुभयो । मृतक मध्ये ३८ वर्षीय बुवा रणबहादुर गुरुङ, २९ वर्षीया आमा शिवमाया गुरुङ र १८ महिनाको छोरी कविता गुरुङको शव निकालिएको छ भने १० वर्षीय छोरा दिनेश गुरुङको शव निकाल्ने प्रयास भई रहेको छ । 

बिहीबार रातीबाटै नेपाल प्रहरी र सशस्त्र प्रहरी सहित स्थानीयहरू शव निकाल्न र उद्धारमा खटिएको अध्यक्ष राउतले बताउनुभयो । थप २५ वटा बढी घरमा र गोठहरूमा क्षति पुगे पनि क्षतिको यकिन गर्न बाँकी रहेको उहाँको भनाई छ । 

संघीय सांसद रामहरि खतिवडाले माथिबाट आएको पहिरोले चारजनाको निधन हुनुका साथै चौपाय र घर जग्गामा बढी क्षति पुराएको छ, स्थानीयस्तरमा उद्धारको प्रयास जारी रहेको बताउनु भयो ।