• १३ साउन २०८१, आइतबार

साउनबाट शिल्पीमा नाटक ‘ट्रान्जिट’

blog

काठमाडौँ, असार १ गते । बत्तिसपुतलीस्थित शिल्पी थिएटर नाटक ‘ट्रान्जिट’ मञ्चन हुने भएको छ । घिमिरे युवराजद्वारा लिखित नाटक ‘विमोक्ष’ को अन्तिम मञ्चनपश्चात अब ‘ट्रान्जिट’ मञ्चनको तयारीमा रहेको शिल्पी थिएटरले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको हो । नाटकका लेखक कुमार नगरकोटी हुनुहुन्छ । घिमिरे युवराजको परिकल्पना र निर्देशन रहने नाटकको मञ्चन साउन १ देखि भदौ १ गतेसम्म हुने जनाइएको छ । दिव्यदेव, आकाङ्क्षा कार्की, वासना तिमल्सिना, मिल्सोन राई र घिमिरे युवराजको अभिनय रहने नाटकमा अभिनेत्री शिल्पा मास्केले पनि डेब्यु गर्दै हुनुहुन्छ ।

नाटकका मुख्य पात्रहरू एक ट्रान्जिटमा भेट भएपछि अघि बढ्ने कथा हो । यो केटा र केटीबिचको पात्रको कथा हो, जसमा एउटै पात्रलाई तीन जना अभिनेत्रीले चित्रण गर्नुहुने छ ।