काठमाडौं, जेठ ३२ गते । काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा सञ्चालित कलेज एक्स्पो बन्द गराएको छ । महानगरको शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले महानगरको मापदण्ड विपरीत गतिविधि गरिएकाले सो एक्स्पो बन्द गरिएको जानकारी दिनुभयो ।
महानगरले कक्षा १० को परीक्षा नतिजा प्रकाशन नभएसम्म कक्षा ११ को भर्नासम्बन्धी कुनै पनि गतिविधि वा प्रक्रिया अगाडि नबढाउन यस अघि सूचना प्रकाशन गरेको थियो ।
तस्बिर : केशब गुरुङ