• १३ असोज २०८१, आइतबार

खुकुरीले काटेर श्रीमतीको हत्या गर्ने राई पक्राउ

blog

खोटाङ, जेठ ३२ गते । आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिका ६ नेर्पा स्थायी घर भई हाल सोही नगरपालिका ७ दोर्पा डेरा गरी बस्ने ३२ वर्षीय बाल जीत राईलाई प्रहरीले पक्राउ गरेको छ ।  २८ वर्षीया श्रीमती सरिता तामाङको हत्या गरेको अभियोगमा उनलाई पक्राउ गरेको प्रहरीले विज्ञप्ति मार्फत जनाएको छ । 

घरायसी विवादको क्रममा बालजीतले खुकुरी प्रहार गर्दा सरिताको घटनास्थलमै मृत्यु भएको र बाल जीत फरार रहेको भन्ने खबर प्रहरीले उनको खोजी गर्ने क्रममा घर नजिकै रहेको जङ्गलमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । प्रहरीले थप अनुसन्धान गरी आरोपित विरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ ।