• १३ असोज २०८१, आइतबार

आगलागी हुँदा लाखौंको क्षति

blog

कनकाई नगरपालिका ५ स्थित चप्रामारीस्थित रबिलाल बयलकोटीको गोठमा लागेको आगो । तस्बिर : लिलाराज झापाली

लिलाराज झापाली

बिर्तामोड, जेठ ३१ गते । कनकाई नगरपालिका -५ स्थित चप्रामारीमा बुधबार बिहान साढे २ बजे स्थानीय रबीलाल बयलकोटीको गोठमा आगलागी हुँदा लाखौँको क्षति भएको छ ।

आगलागीबाट गोठमा बाधेका पाँच वटा बाख्रा जलेर मरेको छ भने गाई समेत घाइते भएका छन् । त्यस्तै,  आगो निभाउन खोज्दा घरधनी बयलकोटी जलेर घाइते हुनुभएको छ । उहाँको हाल बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।

आगो बिर्तामोड र कमल गाउँपालिकाका वारुण यत्र, स्थानीयवासी र इलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । आगलागीबाट बयलकोटीको पाँच वटा बाख्रा जलेर मर्नुको साथै ७० मन धान, ५० मन मकै लगायत जलेर नष्ट हुँदा करिब १० लाख मूल्य बराबरको क्षति भएको बयलकोटीले बताउनुभयो । कोठामा कमिला मार्नका लागि लगाइएको आगोबाट सल्किएर क्षति पुगेको बताइएको छ ।