• १२ साउन २०८१, शनिबार

राष्ट्रपतिसमक्ष पाकिस्तान र कोरियाका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

blog

राष्‍ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि इस्लामिक गणतन्त्र पाकिस्तान र गणतन्त्र कोरियाका नवनियुक्त राजदूत ओहोदाको प्रमाणपत्र पेश गर्नुहुँदै । तस्बिर : राष्ट्रपति कार्यालय

काठमाडौं, जेठ २९ गते । राष्‍ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि इस्लामिक गणतन्त्र पाकिस्तान र गणतन्त्र कोरियाका नवनियुक्त राजदूतले ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ । 

 राष्ट्रपति भवनमा सोमबार आयोजित समारोहमा राष्ट्रपतिसमक्ष नेपालका लागि इस्लामिक गणतन्त्र पाकिस्तानका नवनियुक्त राजदूत अबरर हुसेन हसमी र गणतन्त्र कोरियाका नवनियुक्त आवासीय राजदूत पार्क टियोङ्गले अलग अलग ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । 

उक्त समारोहमा  परराष्ट्रमन्त्री नारायण प्रकाश साउदलगायत नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरूसमेतको उपस्थिति थियो। 

नवनियुक्त राजदूतद्वयलाई काठमाडौंस्थित होटल रेडिशनदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो।