• १३ असोज २०८१, आइतबार

दुर्घटनामा एक महिलाको मृत्यु , एक घाइते

blog

विष्णुप्रसाद पोखरेल

दमक, जेठ २६ गते । झापाको दमकमा भएको सवारी दुर्घटनामा परेर बिहीबार साँझ एक महिलाको मृत्यु भएको छ । एक जना घाइते बन्नु भएको छ ।

दमक नगरपालिकाका कार्यपालिका सदस्य लोकबहादुर धिमालकी श्रीमती ६४ वर्षीया हिरादेवी धिमालको मोटरसाइकलबाट लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । दमक -९ स्थित पाणिनी मावि नजिकै दुर्घटना भएको हो ।

माइत तथा ससुरालीबाट धिमाल दम्पती मोटरसाइकलमा घर तर्फ आउँदै गर्दा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको जनाइएको छ । 

मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते हुनु भएका धिमाल दम्पतीलाई उद्धार गरी अस्पताल पुर्‍याइएकोमा श्रीमती हिरादेवीको बिएण्डसि अस्पताल बिर्तामोडमा मृत्यु भएको वडा नम्बर ९ का वडाध्यक्ष कुवेर भट्टराईले जनाउनु भयो ।