• ८ वैशाख २०८१, शनिबार

समुदायस्तरमा खोज तथा उद्धारको कृत्रिम अभ्यास

blog

खोज तथा उद्धारको कृत्रिम अभ्यास गरिदैं । तस्बिर : भोजराज ढुङ्गाना

अविनाश चौधरी

धनगढी, जेठ २३ गते । कैलालीको टीकापुर नगरपालिका –७ बैदीमा समुदायस्तरमा खोज तथा उद्धारको कृत्रिम अभ्यास गरिएको छ । प्राकृतिक विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न समुदायका मानिसलाई सचेत बनाउने उद्देश्यले खोज तथा उद्धार अभ्यास गरिएको हो ।

सामुदायिक विपद् व्यवस्थापन समिति बैदीको आयोजनामा गरिएको कृत्रिम अभ्यास कार्यक्रममा सशस्त्र प्रहरी बल टीकापुरका महेन्द्र शाहीले खोज तथा उद्धारबारे समुदायका मानिसलाई जानकारी दिनुभएको थियो । 

सशस्त्र प्रहरी, रेडक्रस र स्थानीय सामुदायिक विपद् व्यवस्थापन समितिका पदाधिकारीले खोज तथा उद्धारबारे नमुना अभ्यास गरेका थिए । यो क्षेत्र कैलालीको पूर्वी–दक्षिणी क्षेत्र बाढी प्रभावित क्षेत्र हो । 

सो क्षेत्रको समुदायलाई हरेक वर्ष बाढीले दुःख दिदैंआएको छ । आफूहरूको ठाउँ बाढी, डुबान समस्या ग्रसितक्षेत्र रहेकाले कृत्रिम अभ्यासले बाढी आएको बेला खोज तथा उद्धार कार्यमा सहयोग पुग्ने स्थानीय भोजराज ढुङ्गानाले बताउनुभयो । 

समुदायस्तरमा कृत्रिम अभ्यासले समुदायका मानिसलाई सचेत बनाउने उहाँको विश्वास छ । कार्यक्रममा रेडक्रसकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि र समुदायका व्यक्तिको उपस्थिति रहेको थियो ।