• ६ वैशाख २०८१, बिहिबार

डा. सञ्जुप्रति प्रधानमन्त्री प्रचण्डद्वारा श्रद्धाञ्जलि व्यक्त

blog

प्रधानमन्त्री प्रचण्ड दुर्घटनामा ज्यान गुमाउनु भएकी डा. सञ्जुलाई श्रद्धाञ्जलि व्यक्त गर्नुहुँदै । तस्बिर : रजनी योगी

रजनी योगी

सुर्खेत, जेठ २३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सवारी दुर्घटनामा ज्यान गुमाउनुभएकी डा. सञ्जु खड्कालाई श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । मंगलबार सुर्खेत पुगेर प्रधानमन्त्री दाहालले दुर्घटनामा मृत्यु भएकी खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको हो ।

बाँकेमा गत जेठ १६ गते कार दुर्घटना हुँदा खड्का र चालक सुवास अधिकारीको मृत्यु भएको थियो । डा. सञ्जु रक्षामन्त्री पूर्णबहादुर खड्काको भाइ–बुहारी हुनुहुन्छ ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकलगायतले घरमा गएर खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै परिवारका सदस्यहरूमा समवेदना प्रकट गर्नुभएको छ ।