• १२ वैशाख २०८१, बुधबार

तापक्रम शून्य डिग्री, जाडो छल्न आगो ताप्दै हुम्लावासी

blog

चिसो बढेपछि जिल्ला अदालतका कर्मचारी कार्यालयमा आगो तारेर कार्यालयमा बस्दै । तस्बिर: राजन रावत

राजन रावत

हुम्ला, जेठ २३ गते । हिमाली जिल्ला हुम्लामा चिसोको कारण जेठको तेस्रो हप्ता लाग्दा पनि आगो तापेर कर्मचारीले कार्यालयमा बस्नु पर्ने बाध्यता आई लागेको छ । बिहानैबाट मौसममा खराबी आउँदा चिसो बढ्दा कार्यालयमा काम गर्न चिसोले नसकिने हुँदा आगो बालेर ताप्नु परेको हो । 

जिल्ला अदालतकी वैतनिक अधिवक्ता राजन चन्दका अनुसार कार्यालयमा काम गर्दा चिसो भएपछि कर्मचारी मिली कार्यालयमा आगो बालेर ताप्नु परेको हो । सिमकोट लगायत माथिल्लो हुम्लामा चिसो बढेर तापक्रम यति बेला शून्य डिग्री सेल्सियसमा झरेको छ । सोमबार बिहानैबाट मौसम बिग्रिएको र दिउसोबाट पानी पर्न सुरु भएपछि आगो बालेर कर्मचारीलाई ताप्नु परेको हो । यो अवस्था आज पनि उस्तै रहेको छ । 

देशभर गर्मीले तातो हावा चलेर लु लाग्ने डर भई रहेका बेला हुम्लामा भने चिसोले गर्दा आगो ताप्नु पर्ने बाध्यता आई लागेको हो । सदरमुकाम सिमकोटमा पानी परि रहेको भए पनि अग्ला डाँडामा भने हिमपात भई रहेको छ । उहाँले कम्प्युटरमा काम गर्न नसकिने र दिनभर काम गरेर चिसो भएपछि आगो बालिएको बताइन ।

बजार क्षेत्रमा पनि मानिसहरू बाक्ला कपडा लगाएर निस्की रहनु भएको छ । अन्यत्र  पनि बाहिर आगो बालेर स्थानीयले ताती रहनु भएको छ । नाम्खा गाउँपालिकाका अग्ला क्षेत्रमा समेत हिमपात भई रहेको कारण त्यहाँ चिसो निक्कै बढेको छ ।