• ४ वैशाख २०८१, मङ्गलबार

प्रिन्स र विष्णुलाई सफलता

blog

कृष्णमोहन स्मृति खुला ब्याडमिन्टन प्रतियोगितामा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : एपीएफ

काठमाडौं, जेठ २२ गते । एपीएफ क्लबका प्रिन्स दाहाल र पुलिस क्लबका विष्णु कटुवालले १६औँ राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुला ब्याडमिन्टन प्रतियोगितामा सफलता हात पार्नुभएको छ । 

हल्चोकमा जारी प्रतियोगितामा सोमबार पुरुष एकलतर्फ प्रिन्स र विष्णुसहित एपीएफका भोजबहादुर गुरुङ, देवराज राणा, पुलिसका हिरा राई, आर्मी क्लबका रुकेश महर्जन, एपीएफका अमन महर्जन, पुलिसका सुनील जोशी, भोजपुरका विशाल तामाङ, कैलालीका  चन्द्रिका कथरिया, एपीएफका क्षितिज खनाल, आर्मीका नरेन्द्र बाम, पुलिसका जीवन आचार्य, एपीएफका प्रणिश सिंह ठकुरी, पुलिसका पूर्णबहादुर थापा र आर्मीका कबीर केसी विजयी हुनुभयो । 

जेठ २४ गतेसम्म सञ्चालन प्रतियोगितामा महिला एकल, पुरुष युगल, महिला युगल, १२ वर्षमुनि केटा, १९ वर्षमुनि केटा, भेट्रान्स युगल ४५ र ५५ वर्ष, मिक्स डबल्स र मास्टर युगल ३५ वर्षमाथि लगायतका १० वटा स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ ।