• १३ वैशाख २०८१, बिहिबार

गैर आवासीय नेपाली सङ्घ अमेरिकाको आफ्नै भवन

blog

भर्जिनिया, अमेरिका । गैर आवासीय नेपाली सङ्घ, अमेरिकाले करिब तीन लाख डलरमा भवन खरिद गरेको छ । एक समारोहबिच मुटुरोग विशेषज्ञ डा. भगवान् कोइरालाले उक्त भवनको उद्घाटन गर्नुभयो । 

उद्घाटनपछि छोटो मन्तव्य व्यक्त गर्दै डा. कोइरालाले एनआरएनले नयाँ भवन खरिद गर्नु एक नयाँ आयाम भएको बताउनुभयो । उहाँले अब आउँदा दिनमा एनआरएनले महत्त्वपूर्ण काम गर्न सकोस् भन्ने कामना गर्दै एनआरएनलाई आफूहरूको सधैँ साथ र सहयोग रहने बताउनुभयाे । समारोहमा उपस्थित डा. रमेशकान्त अधिकारीले बधाई र खुसी व्यक्त गर्नुभएको थियो ।

भवन खरिद एनआरएन अभियानमा लागेका सबैजनाका लागि यो खुसीको कुरा भएको बताएका छन् । उहाँहरूले आउँदा दिनमा एनआरएन अमेरिकाले महत्त्वपूर्ण काम गर्ने अपेक्षा पनि गर्नुभएको थियो ।

भर्जिनिया क्षेत्रका एनआरएनमा सक्रिय रूपमा लागेका मानिसहरू भवन खरिदपछि खुसी भएका छन् । एनआरएन भर्जिनिया च्याप्टरका पूर्व अध्यक्ष तथा आइसिसी सदस्य गोविन्द सुवेदीले एनआरएन अमेरिकालाई धन्यवाद दिँदै यो एक ऐतिहासिक उपलब्धि र सफलता भएको बताउनुभयो । 

Author
कृष्णराज खनाल

पत्रकार खनाल अमेरिकामा बसेर गोरखापत्र अनलाइनका लागि समाचार लेख्नु हुन्छ ।