शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अमेरिका । नर्थ क्यारोलाइनास्थित मोरिसभिलमा अपराह्न होली पर्व मनाइएको छ । नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (एनसिएनसी) ले शनिबार आयोजना गरेको सो पर्वमा करिब दुई सय जना उपस्थित भएको संस्थाले जनाएको छ । उपस्थित मानिसहरूले आपसमा रङको पर्व होली खेलेर एकअर्कालाई विभिन्न रङले रङ्गाइदिनुका साथै हासखेल र नाचगान समेत गरेका थिए ।
यहाँ आएर पनि हाम्रो पर्व मनाउन पाउँदा र यो माहोल देख्दा निकै खुसी लागेको छ समीर पोखरेलको भनाइ छ । एनसीएनसीले प्रत्येक वर्ष फागुपूर्णिमाको अवसर पारेर होली पर्व मनाउँदै आएको छ ।
कृष्णराज खनाल
पत्रकार खनाल अमेरिकामा बसेर गोरखापत्र अनलाइनका लागि समाचार लेख्नु हुन्छ ।